मोरङमा सामुहिक छुरा प्रहारबाट एक युवाको मृत्यु

इनेप्लिज २०७८ साउन ११ गते २३:०६ मा प्रकाशित

मोरङमा भयो डरलाग्दो घटना, सामुहिक छुरा प्रहारबाट एक युवाको मृत्यु,अर्का घाइते (भिडियोसहित) उर्लाबारी।फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा आज दिउँसो एक किशोरको हत्या भएको छ।

छुरा प्रहार गरेर उर्लाबारी–८ का १७ वर्षे अभिशेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो।उहाँका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए।ढाड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुर्याउनसाथ झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका चिकित्सकले मृत घोषित गरेको श्रेष्ठको भनाइ छ।उहाँका अनुसार स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छ/सात जनाको समूहमा रहेका युवाहरुले अभिशेक।माथि छुरा हानेका हुन्।छुरा प्रहार र आक्रमणबाट अभिशेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन्।छुरा प्रहारबाट सुशनको पनि शरीरका विभिन्न भागमा चोट लागेको डिएसपी श्रेष्ठको भनाइ छ।अवस्था मध्यम रहेका उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ।घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले घटनामा संलग्न भएको आशंकामा दुई युवालाई नियन्त्रणमा लिएको छ।प्रहरीले १८ वर्षे निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ।

प्रतिक्रिया