सोमबार, असोज ४ २०७८
काठमाडौं १४:३४
वासिङटन डिसी 04:49

नेपाल र अमेरिकाका लायन्स क्लब बीच भगिनी सम्बन्ध

इनेप्लिज २०७८ साउन ११ गते २२:१४ मा प्रकाशित

 

नेपाल र अमेरिकाका लायन्स क्लब बीच भगिनी सम्बन्ध स्थापित भएको छ । गत आइतवार, जुलाई २५ तारिखका दिन लायन्स कल्ब इन्टरनेसनलको ईतिहासमा एउटा महत्वपूर्ण उपलब्धिको रुपमा नेपालको ४ वटा लायन्स डिष्ट्रिक्ट मध्ये एउटा डिष्ट्रिक्ट ३२५-बी १ र अमेरिकाको लायन्स डिष्ट्रिक्ट २३ बी को बीचमा “लायन्स भगिनी डिष्ट्रिक्ट सम्बन्ध” को मेमोर्यानडम अफ अन्डरस्टानडिंग (स्मृतिपत्र समझौता )मा दुबै डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नरहरुद्वारा हस्ताक्षर गरि समारोह सम्पन्न भयो ।

सो हस्ता़क्षर समारोहमा लायन्स डिस्ट्रिक २३ बि कनेक्टिकट अमेरिकाका डिस्ट्रिक गभर्नर एड फेनटन तथा लायन्स डिस्ट्रिक ३२५ बि १ का नेपालका डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले हस्ताक्षर गरी सम्पन्न गर्नु भएको थियो ।

यो समारोहको संचालन जोन चेयर राज श्रेष्ठले गर्नु भएको थियो भने सम्पूर्ण कार्यक्रमको संयोजन हार्टफोर्डका दुई नेपाली लायन्स क्लबहरुका वर्तमान अध्यक्ष प्रकाश ठाकुर र नरेन्द्र देव पन्त, संस्थापक अध्यक्ष कृष्ण कँडेल, निवर्तमान अध्यक्ष माधव आत्रेय समेत लायन्स क्लबका सबै लायन सदस्यहरुको सहयोगमा सम्पन्न भएको थियो ।

लायन्स डिस्ट्रिक २३ बि कनेक्टिकट अमेरिकामा ५६ वटा क्लबहरु छन् भने नेपालको लायन्स डिस्ट्रिक ३२५ बि १ मा सयौं लायन्स क्लबहरु छन् । यो सम्बन्ध एउटा नगरको मात्रै सम्बन्ध नभएर दुवै डिष्ट्रिक्हरुका सयौं नगरहरुको बीचको प्रतिनिधित्व गर्ने गरी भएको छ।

समझौता ज्ञापन पत्रमा दुवै देशले सामाजिक, आर्थिक एवम् सांस्कृतिक आदानप्रदान गरि एक अर्काका परियोजनाहरूमा पारस्परिक सहयोग एवम् सहकार्य गर्नेछ । सद्भावना भ्रमणहरूको आयोजना गरी नेपाल र अमेरिकाको पर्यटनमा सहयोगी भूमिका निर्वाह गर्नेछ । दुवै डिष्ट्रिक्टले एक अर्काको देशको राष्ट्रिय दिवस लाई सम्मान सहित मनाउनेछन् । जसले एक अर्काका देशका नागरिकहरुप्रति सम्मान एवम् सचेतनाको अभिवृद्धि गर्नेछ ।

लायन्स क्लब अन्तर्राष्ट्रियको हरेक वर्ष हुने अन्तर्राष्ट्रिय सम्मेलनमा यो सम्बन्धलाई ताजगीकरण गर्नको लागि बार्षिक नवीकरण समारोहको आयोजना गरिनेछ । यी सबै कुराहरुले नेपाल र अमेरिकाका नागरिकहरुको बाचमा सद्भावना, सहयोग एवम् सहकार्यमा अभिवृद्धि हुनेछ ।

सो सम्बन्धको हस्ताक्षर समारोह लायन्स क्लब अन्तर्राष्ट्रियका वर्तमान अन्तर्राष्ट्रिय निर्देशक जोन युने ,निवर्तमान ,अन्तर्राष्ट्रिय निर्देशक मार्क लिओन नेपालबाट पूर्व अन्तर्राष्ट्रिय निर्देशक संजय खेतान, लायन्स डिष्ट्रिक्ट २३बि कनेक्टिकट अमेरिकाका पूर्व डिष्ट्रिक्ट गभर्नरहरु, नेपाली लायन्स क्लबहरुका पदाधिकारीहरु एवम् सदस्यहरू, नेपालबाट जुममा जोडिनु भएका लायन्स पदाधिकारीहरु एवम् सदस्यहरूको निकै उपस्थिति रहेको थियो ।

प्रतिक्रिया