कनेक्टिकटका गायक केशव शर्मा दाहालको शब्द तथा राजेश पायल राइको स्वरमा “फर्कन छोरा” बोलको गीत चाडै सार्वजनिक हुदै

इनेप्लिज २०७८ साउन ११ गते २१:४३ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्य निवासी गायक तथा संगीतकार केशव शर्मा दाहालले आफ्नै शब्द-संगीतमा तयार गरिएको “फर्कन छोरा” बोलको गीत जुलाई ३० का दिन सार्वजनिक गर्ने भएका छन ।

उनले नेपालका चर्चित गायक राजेश पायल राईको स्वर तथा चन्दु गोर्खालीको संगीत संयोजनमा तयार भएको “फर्कन छोरा” बोलको गीत आगामी शुक्रवारका दिन सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

देशमा भएको बेरोजगारी र पारिवारिक, सामाजिक तथा अन्य विविध कारणले विदेशिन बाध्य नेपाली युवा र तिनका वृद्ध बुबा आमाको पीडालाई केन्द्रमा राखेर सिर्जना गरिएको यो गीत अत्यन्तै मार्मिक गीत बनेको छ ।

सदाबहार स्वरका धनी गायक राजेश पायल राईको स्वरमा यो गीत अत्यन्त जीवन्त बनेको छ । नेपाली समाजको वर्तमान परिदृश्य बोकेको यो गीत नेपाली जनजिब्रोमा अवश्य नै झुन्डिने छ भन्ने हामीलाई अटल आशा र विश्वास छ ।

यस गीतको अडियो तथा श्रव्य दृश्यको ट्रिजर Keshab S. Dahal Official युट्युव च्यानलमा सार्वजनिक गरिएको छ र त्यसलाई यो लिंकमा गएर हेर्न सकिने छ  https://youtu.be/IayUOuVop7E.

नेपालको पूर्व ताप्लेजुङ्गमा जन्मेर, हाल अमेरिकामा बसोबास गर्नुभएका केशवले रचनाकार सुवास चाम्लिङको शब्द-संगीतमा “बैंसमा लाएको पिरती, हलचल भन्छन” भन्दै नेपाली गीत र संगीतको आकाशमा डेब्यु गरेका थिए ।

डा. राजु बाबु श्रेष्ठको शब्द र संगीतकार राजन राज सिवाकोटीको संगीतमा हालका चर्चित गायिका मेलिना राई संगै गाएको “चौतारीमा बसौन पियारी” बोलको गीतले आफ्नै अफिसियल युट्युव च्यानलमा करिव २०६,००० भ्युज पाउन सफल भएको छ ।

केशव संगीतको समेत असल विद्यार्थी भएको कारणले होला स्वरमा निखरता र मिठासको अनुभूति गर्न सकिन्छ । लोक आधुनिक शैलीका गीतहरूमा मात्र नभएर भजन शैलीको गीतमा पनि केशव उत्तिकै जमेको देखिन्छ । कवि तथा गीतकार धन लामाको शब्द, चन्दु गोर्खालीको संयोजन र आफ्नै स्वर-संगीतमा गत जुलाई १८ मा सार्वजनिक गरेको “भानु तिम्रो रामायणले मैले राम जाने” बोलको गीतले नेपाली भाषा साहित्यमा आदिकवि भानु भक्त आचार्यले पुर्याउनु भएको योगदानलाई पुन: उजिल्याउने काम गरेको छ ।

प्रवासमा आफ्ना व्यस्त समयका बाबजूद पनि नेपाली गीत संगीतको साधनामा निरन्तर लागिरहेका गायक तथा संगीतकार केशव शर्मा दाहाललाई सफलताको शुभकामना !

प्रतिक्रिया