सोमबार, असोज ४ २०७८
काठमाडौं १४:१६
वासिङटन डिसी 04:31

अमेरिकाको युटहमा धूलो हूरी आएको कारण सवारी साधन दुर्घटना हुँदा ७ जनाको मृत्यु ,कैयौ घाइते

इनेप्लिज २०७८ साउन ११ गते ११:१८ मा प्रकाशित

 

अमेरिकाको युटह राज्यको एक राजमार्गमा सवारी साधन दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने कैयौ घाइते भएका छन् । उक्त दुर्घटना कम्तिमा २० वटा सवारी साधन दुर्घटनामा परेका थिए ।

प्रहरी अधिकारीका अनुसार राजमार्गमा धुलो हूरी आएको कारण राजमार्गमा दुर्घटना परेको जनाएका छन् । उक्त घटना गत आइतबार जुलाई २५ का दिन भएको हो । युटह जन सेवाका अनुसार उक्त दुर्घटना अन्तरराज्य १५ नजिक क्यानोसमा भएको वक्तब्यमा जनाएका छन् ।

कैयौ ब्यक्तिहरुलाई गंभिर घाइते भएकोले अस्पताल भर्ना गरिएको जनाईएको छ । राजमार्गमा सवारी साधन कुदी रहेको अवस्थामा धुलो,बालुवाको हूरी आएको हुनाले सडक स्पष्ट कम देखिएको कारण दुर्घटना हुन् पुगेको हो ।

उक्त दुर्घटना भए पछि दुवै तर्फको मार्ग बन्द गर्नु परेको अधिकारीले बताएका छन् ।

उक्त दुर्घटना ५ बजे साँझ भन्दा अगाडी घटेको थियो । वक्तब्यमा पीडितहरुको नाम उनीहरुक परिवारहरुसंग सम्पर्क गरे पछि मात्र नाम सार्वजनिक गरिने उल्लेख गरिएको समाचार सिएनएनले लेखेको छ । क्यानोश साल्ट लेक सिटि (शहर) भन्दा १५५ माइल दक्षिणपश्चिममा पर्दछ ।

प्रतिक्रिया