सोमबार, असोज ४ २०७८
काठमाडौं १३:१८
वासिङटन डिसी 03:33

अमेरिकामा दुई हप्तामा औसतमा कोरोनाबाट अस्पताल भर्ना हुने दरमा ५८ तथा संक्रमित हुने दर १७० प्रतिशत वृद्धि

अमेरिकामा हाल सम्म २ करोड ९५ लाख ११ हजार ९ सय ९ जना कोरोना संक्रमित निको

इनेप्लिज २०७८ साउन ११ गते १०:५० मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ५१ हजार ९ सय ३९ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट २ सय ६९ जनाको मृत्यु भएको छ । गत आइतबार जुलाई २५ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १७० प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १० हजार ४ सय ६३ जनाको निधन भएको छ भने दुई हप्तामा २० प्रतिशतले मृत्यु दर बढेको छ ।

अझ पनि अमेरिकाका अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरस अत्यधिक वृद्धि भएको छ भने अलाबामा राज्य सबै भन्दा कम खोप लगाउने राज्य हो ।

अमेरिकामा ६ लाख १३ हजार ७० जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा २ प्रतिशतले घटेको छ । हाल अमेरिकामा ३० हजार ४ सय ७५ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ५८ प्रतिशतले वृद्धि भएको छ । अहिले सोमबार बिहान जुलाई २६ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४४ लाख ५ हजार ९ सय ५४ रहेको छ ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ४९.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५६.८ प्रतिशत पुगेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या १६ करोड २८ लाख ९६ हजार ३ सय ८२ पुगेको छ भने कम्तिमा एक खोप लगाउनेको संख्या १८ करोड ८४ लाख ७२ हजार १ सय ८८ रहेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६९ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६० प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९५ लाख ११ हजार ९ सय ९ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८९. ५ प्रतिशत र पूर्ण खोप ७९.८ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड ४९ लाख ४८ हजार ९ सय ७५ खोप आपूर्ति गरि सकिएको छ ।

अमेरिकामा खोप नलगाएकाहरु अस्पतालमा सिकिस्त तथा गम्भीर संक्रमित भए पछि खोप लगाउन माग गर्नुको साथै सबैलाई खोप लगाउन अनुरोध गरि रहेका छन ।

प्रतिक्रिया