वासु शशी स्मृति परिषदको अध्यक्षमा गणेश रसिक

इनेप्लिज २०७८ साउन ११ गते ९:३८ मा प्रकाशित

काठमाडौं:प्रसिद्ध साहित्यकार वासु शशीको स्मृतिमा स्थापित वासु शशी स्मृति परिषद्को साधारण सभाले नयाँ कार्य समितिको गठन गरेको छ।वरिष्ठ साहित्यकार एवं संगीतकार गणेश रसिकको अध्यक्षतामा गठित नयाँ कार्य समितिको उपाध्यक्ष हिरण्यकुमारी पाठक,सचिव प्रद्युम्न जोशी,कोषाध्यक्षमा,श्याम प्रधान मनोनित भएका छन्।सदस्यमा यादव भटराई,रमेश रेग्मी,नीना जोशीलाई पनि मनोनित गरिएको छ।

परिषद्को सल्लाहकारमा कालीप्रसाद रिजाल,कृष्ण जोशी,योगेश वैद्य रहेका छन्।संरक्षकमा श्रीमती जुलुम वैद्य रहेकी छन्।परिषदको सभामा साहित्यकारहरु राधेश्याम लेकाली,श्रीओम रोदन,जयदेव भटराई,ठाकुर वेल्वासे,छविराज सिलवाल रहेका छन्।साधारण सभाले परिषद्को आ.व. २०७७ – ७८ को आय व्यय अनुमोदन पनि गरेको छ।

परिषदका सचिव प्रद्युम्न जोशीव्दारा जारी विज्ञप्ति अनुसार,वि.सं.२०५० सालमा स्थापित परिषद्ले हालसम्म दुई दर्जन स्रष्टाहरूलाई पुरस्कार एवं सम्मान प्रदान गरिसकिएको छ।

प्रतिक्रिया