सोमबार, असोज ४ २०७८
काठमाडौं १४:२७
वासिङटन डिसी 04:42

कोलोराडोमा विभिन्न कार्यक्रम संगै समर पिकनिक सम्मन्न

नातिबाबु भट्ट २०७८ साउन ११ गते ९:२७ मा प्रकाशित

नातिबाबु भट्ट,कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रम संगै आईतबार सम्पन्न भयो।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा यहा स्थित बिभिन्न संघ संस्था,ब्यवसायी,दाताहरुको सहयोगमा कोलोराडोको नर्थग्लेन सिटीस्थित रमणीय पार्कमा पिकनिक कार्यक्रम सम्पन्न भएको हो।

पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन आयोजक संस्थाको संयोजन तथा समन्वयमा बिभिन्न किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो।यसरी सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा गल्फ,लङ टेनिस, भलीबल लगायतका रहेका थिए।कार्यक्रममा खेलकुदका बिजयी प्रतियोगीहरुलाई प्राध्यपक तथा समाजसेवी विजयराज सर्मा,साहित्यकार ज्ञानेन्द्र गदाल,संस्थाको निवर्तमान अध्यक्ष बिनोद त्रीपाठी, आयोजक संस्थाका अध्यक्ष टिका पौडेलद्धारा संयुक्तरुपमा ट्रफी तथा नगद पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो।

बाल बालिका,बृद्ध,बृद्धा,युवा युवती सबै उमेरका व्यक्तिको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा आई लभ नेपालको टिसर्ट ढाकाको टोपी,तथा जातीय पोषाक लगाएर आउने मानिसहरुको उपस्थिती उलेख्य रहेको थियो।ठूलो तालको नजिक रमणीय पार्कमा कार्यक्रम आयोजना गरिएको थियो।सहभागीहरु एक आपसमा भलाकुसारी गर्दै रमाई रहेको देख्दा आफुलाई नेपालमै भए जस्तो भान हुन्थ्यो।

कार्यक्रममा बितरित खाना तथा आवश्यक सामग्री कार्यसमितीका पदाधिकारी,दाता,रेष्टुरेष्ट संचालक लगायतका ब्याक्तिहरुको सहयोगमा जुटाईएको थियो भने केही दाताले नगद सहयोग समेत गरेका थिए।

कार्यक्रममा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुले संस्बोधन गर्दै प्रवासमा आ–आफ्ना हकहितकोलागी बिभिन्न संघ संस्था खोलिएता पनि समग्र नेपालीको हकहितको लागी सामुहिक एजेण्डा बनाएर अगाडी बढ्नु पर्ने धारणा राख्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए।यसरी संम्बोधन गर्नेहरुमा एनआरएनका केन्द्रिय सदस्य राज ढुंगाना,एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आर सी पन्त,नेपाली घरका उपाध्यक्ष संजयसीङ केशी,आयोजक संस्थाका निवर्तमान अध्यक्ष बिनोद त्रिपाठी लगायतका रहेका थिए।

त्यसैगरी सोही कार्यक्रममा इन्डियन मुलका काेलाेराडाे डिष्टिक १ बाट २०२२ मा हुनगईरहेको चुनावका US House of the Representative प्रत्यासी Neal K Walia ले संम्बोधन गर्दै आफुलाई सहयोग गर्न आग्रह गरेका थिए।

कार्यक्रममा कोलोराडोमा नेपालीहरुको आस्थाको केन्द्र नेपाली सामुदायिक भवन निर्माण अभियानको संयोजक संस्था नेपाली घरले छुट्टै डेक्स राखि अहिलेसम्म भए गरेका प्रगती तथा सहगोग गर्न चाहनेहरुकालागी सहयोग गर्ने माध्यमहरुको बारेमा जानाकारी गराएको थियो।

कल्चर सेक्रटरी आकृती राई अधिकारीद्धारा सञ्चालीत कार्यक्रममा सहभागीहरुले नेपाली गीत बजाएर नाचगान गरी मनोरञ्जन गरेका थिए।कार्यक्रमको अन्त्यमा अध्यक्ष टिका पौडेलले कार्यक्रममा उपस्थित लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

 

प्रतिक्रिया