सोमबार, असोज ४ २०७८
काठमाडौं १४:१७
वासिङटन डिसी 04:32

नेजाको अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी ,अन्तिम अवस्थामा निदेश अधिकारीले उम्मेदारी फिर्ता

इनेप्लिज २०७८ साउन १० गते १९:२५ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । ५ जनाको उम्मेदवारीको अपेक्षा गरिएता पनि अन्तिम समयमा थप एक जनाको समेत उम्मेदवारी परेकोले ६ पुगेको हो ।

तर अन्तिम अवस्थामा निदेश अधिकारीले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

अब अध्यक्ष पदका प्रत्यासीहरुमा बिकास राज न्यौपाने,गोकुल ढकाल ,किरण मरहठ्ठा ,अनुज थापा तथा विष्णुहरी घिमिरे रहेका छन ।

कोषाध्यक्ष पदमा प्रभात भट्टराई तथा सचिवमा कल्पना घिमिरे निर्विरोध निर्वाचित भएका छन ! यसैगरि सदस्यहरुमा अनिल अधिकारी, बाबुराम दाहाल,सॅगम बानिया तथा ज्ञान प्र शर्मा निर्विरोध निर्वाचित भएका छन ।

यसैगरि क्षेत्रिय सॅयोजकमा पनि निर्बिरोध बिजयी भएका छन । निर्विरोध हुनेहरुमा शिव नेपाल(पश्चिम) बिराज भण्डारी(पश्चीम ),लिला देवी ओझा(डिसी क्षेत्र),गोकुल श्रेष्ठ (उत्तर पूर्व) तथा सृजन पण्डित (दक्षिण)बाट निर्विरोध निर्वाचित भएका छन ।

प्रतिक्रिया