सोमबार, असोज ४ २०७८
काठमाडौं १४:१३
वासिङटन डिसी 04:28

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को दोश्रो दिन निर्वाचन हुदै ,बन्द सत्र चालु

इनेप्लिज २०७८ साउन १० गते १६:३० मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौ अधिवेशन तथा १४ औ साधारण सभाको दोश्रो दिन जुलाई २५ का दिन निर्वाचन हुने भएको छ । अहिले बन्द सत्र चलि रहेको छ भने निर्वाचनको मतदान अमेरिकाको ;पूर्वीय समय १:१० बजे देखि ३: १० सम्म निर्वाचन समितिले तोकेको छ ।

पत्रकारहरुको मतदाता सुची सार्वजनिक गरिएको छ भने कूल मतदाता संख्या १४४ रहेका छन् । आयोजकका अनुसार करिव १०० जना पत्रकारहरुले मतदानमा सहभागिता जनाउने देखिएको छ ।

निर्वाचन समितिका अनुसार सदस्यहरुको दावीबिरोध जुलाई २५ बिहान १० बजे सम्म तोकेको थियो । उम्मेदवारले दर्ता ११ बजे देखि १२ बजे सम्म गराउनु पर्ने छ भने उम्मेदवारहरुको सूची १२:१५ मा प्रकाशित गरिने छ ।

त्यसै गरि उम्मेदवारहरुको अन्तिम नामावली २ बजे प्रकाशन गरिने छ भने निर्वाचनको परिणाम घोषणा ४ बजे गरिने छ । अहिले सम्म अध्यक्ष पदका प्रत्याशीहरुमा क्रमस निदेश अधिकारी,गोकुल ढकाल ,किरण मरहठठा,बिकाश न्यौपाने र अनुज थापा ५ जनाको नाम आएको छ ।

अध्यक्ष पदका लागि सहमतिका प्रयासहरु जारी राखिएका छन् । अध्यक्ष पदमा निर्वाचन नहोस् भन्ने चाहना भएता पनि पछिल्लो जानकारी अनुसार निर्वाचन हुने लगभग पक्का देखिएको छ ।

अझ पनि समय भएकोले सहमति हुन् पनि सक्ने सम्भावना बुझिएको छ । निर्वाचन समितिमा आङ्ग छिरिङ्ग शेर्पा संयोजक ,नारायण सापकोटा सदस्य ,भोला आचार्य सदस्य तथा शैलेश पोख्रेल सदस्य रहेका छन् ।

जुलाई २४ का दिन नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पानसमा बत्ती बाली उद्घाटन गरे भने उनि अधिवेशनका प्रमुख अतिथि रहेका थिए ।

अहिले बन्द सत्रमा महासचिव तथा कोषाध्यक्षद्वारा प्रस्तुत गरिएको संस्थाको गतिविधि ,कार्य प्रगति विवरण आर्थिक प्रतिवेदन सर्व सम्मति पारित भएको छ ।

यसै गरि उक्त बन्द सत्रमा संस्थाको अफिसियल लेटर प्याड (आधिकारिक पत्र पुस्तिका )दुरूप्रयोग भएको गुनासो आए छानविन गर्न तारा बराल ,लेखनाथ भण्डारी र मधुकर अधिकारीको तीन सदस्यीय समिति  निर्माण भएको छ ।

प्रतिक्रिया