सोमबार, असोज ४ २०७८
काठमाडौं १४:१७
वासिङटन डिसी 04:32

अमेरिकाको वाशिंगटन राज्यमा कर्तव्यमा रहेका सहायक प्रहरीलाई गोली लाग्दा निधन, २ जना संदिग्ध पक्राउ

इनेप्लिज २०७८ साउन १० गते ११:४५ मा प्रकाशित

अमेरिकाको वाशिंगटन राज्यमा कर्तव्यमा रहेका सहायक प्रहरीलाई संदिग्धहरुले गोली हान्दा उनको मृत्यु भएकोले २ जनालाई पक्राउ गरिएको छ । वाशिंगटन प्रहरीले यसै सिलसिलामा गत शनिबार जुलाई २४ का दिन दुई जनालाई हिरासतमा लिइएको जनाएको छ ।

प्रहरीले अर्को तेश्रो संदिग्धलाई खोजी जारी राखेको बताएका छन् । गत शुक्रबार प्रहरी सहायक आफ्नो कर्तव्य(ड्युटी)मा रहेको समयमा उनि माथि आक्रमण भएको थियो ।

उक्त घटना करिव ७ बजे राती भएको थियो भने मृतक सहायक प्रहरीको नाम उल्लेख गरिएको छैन । क्लार्क काउन्टी शेरिफ(प्रहरी) ब्रेन्ट वाडेलक अनुसार उनि गम्भीर घाइते भएकोले उनलाई अस्पताल भर्ना गरिएको थियो ।

पछि प्रहरी विभागले ११:३० बजे उनको निधन भएको जानकारी दिएको थियो भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया