सोमबार, असोज ४ २०७८
काठमाडौं १४:४४
वासिङटन डिसी 04:59

मेरिल्याण्डमा ६० डलरको गाँजाको लागि गोली हानी हत्या गरेकोमा किशोरलाई आजीवन कैद

इनेप्लिज २०७८ साउन १० गते ११:२६ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्य केवल ६० डलरको गाँजाको लागि गोली हानी हत्या गरेकोमा एक किशोरलाई आजीवन कैदको फैसला सुनाईएको छ ।

उक्त किशोरलाई प्रथम श्रेणीको हत्याको अभियोग लगाइएको थियो भने अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन कारागारको सजाय सुनाएको छ। सन् २०१९ मा मात्र ६० डलरको गाँजा डकैत गर्ने क्रममा उनले आक्रमण गर्दा मृत्यु भएको थियो ।

बाल्टिमोरबाट संचालित पत्रिका बाल्टिमोर सनका अनुसार १८ बर्षिय एन्थोनी लामर मार्टिन जुनियर गत शुक्रबार जुलाई २३ का दिन हार्टफोर्ट सर्किट अदालतमा आएका थिए । उक्त पत्रिकाले ४० बर्ष कैद सजाय निलम्बन गरि आजीवन कारागारको सजाय सुनाईएको उल्लेख गरेको छ ।

वकिलले अदालतमा उक्त व्यक्तिले ६० डलको गाँजा किन्ने योजना बनाएको थियो भनि पत्रिकाले जनाएको छ । मार्टिनले राइफल ल्याएका थिए भने उक्त व्यक्तिले रोक्न खोज्दा गोली हानेका थिए भनि डब्लुटिओपी डटकमले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया