हाल क्यानाडामा बस्दै आएका गीतकार एवं सिनेमा निर्माता राजेन्द्र चोङवाङ्गको लेखन एवं ममता गुरुङको आवाज रहेको गीत जति चोट सहेनी सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत एवं एरेन्ज बादल लिम्बुको रहेको छ।
यस गीतको भिडियो पूर्वी नेपालका रमणिय स्थानहरुमा छायांकन गरिएको छ।यस गीतमा गौरव पहाडी र बिमला खजुमको अभिनय देख्न सकिन्छ भने निर्देशन उदय सुव्वाको रहेको छ।भिडियोमा गौरव र बिमला को अर्गानिक प्रेम देख्न सकिन्छ।यस गीतको भिडियोलाइ बिक्रम डिसिले छायांकन गरेका हुन् भन्े बल कुमार मगरले सम्पादन गरेका हुन्।
गीतकार चोङवाङ्गले नेपाली हिट सिनेमा निर्माण गरेका छन्।उनले कानुन ,क्रान्ती ,लेखान्त,मेरो प्यारो माइतीघर ,रिफ्यूजी ,मुर्चुङ्गा ,आकाशे खेती जस्तो चलचित्रका निर्माता हुन्।
प्रतिक्रिया