बिहीबार, भदौ २ २०७९
काठमाडौं १५:४५
वासिङटन डिसी 06:00

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ५१ हजार संक्रमित,२६७ जनाको मृत्यु

२ करोड ९५ लाख ७ हजार १ सय २३ जना कोरोना संक्रमित निको,पूर्ण खोप लगाउनेको संख्या १६ करोड २७ लाख

इनेप्लिज २०७८ साउन १० गते १०:३७ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ५१ हजार २ सय ९ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट २ सय ६७ जनाको मृत्यु भएको छ । गत शनिबार जुलाई २४ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १७२ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १० हजार ४ सय ४१४ जनाको निधन भएको छ भने दुई हप्तामा १९ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकाका अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरस अत्यधिक वृद्धि भएको छ भने अलाबामा राज्य सबै भन्दा कम खोप लगाउने राज्य हो ।

अमेरिकामा ६ लाख १३ हजार ७० जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा २ प्रतिशतले घटेको छ । हाल अमेरिकामा २९ हजार ५ सय २८ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ५७ प्रतिशतले वृद्धि भएको छ । अहिले आइतबार बिहान जुलाई २५ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४३ लाख ९१ हजार ३ सय १७ रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४९ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५६.६ प्रतिशत पुगेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या १६ करोड २७ लाख २५ हजार ८ सय १२ पुगेको छ भने कम्तिमा एक खोप लगाउनेकोस संख्या १८ करोड ७९ लाख ८२ हजार ८ सय २६ रहेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६८.८ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५९.९ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९५ लाख ७ हजार १ सय २३ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ७९.७ प्रतिशत र पूर्ण खोप ८९.४ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड ४९ लाख ३६ हजार ८ सय १५ खोप आपूर्ति गरि सकिएको छ ।

अमेरिकामा खोप नलगाएकाहरु अस्पतालमा सिकिस्त तथा गम्भीर संक्रमित भए पछि खोप लगाउन माग गर्नुको साथै सबैलाई खोप लगाउन अनुरोध गरि रहेका छन ।

प्रतिक्रिया