सोमबार, असोज ४ २०७८
काठमाडौं १४:५२
वासिङटन डिसी 05:07

एनआरएनए अमेरिकाको सल्लाहकार नियुक्ती सम्बन्ध विवाद,महिला लगायतको चर्को बिरोध

इनेप्लिज २०७८ साउन ९ गते १८:१९ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको सल्लाहकारहरु नियुक्ति सम्बन्धमा विवाद बाहिर आएको छ । श्रोतका अनुसार विवादमा कार्यकारी समितिका पदाधिकारी तथा थुप्रै महिलाले चर्को बिरोध गरेका छन् ।

आज जुलाई २४ शनिबारका दिन बसेको एनआरएनए अमेरिकाको कार्यकारी समितिको बैठकमा १७ जना सल्लाहकार हुनु पर्ने मा मध्ये १६ जना नियुक्त विभिन्न राजनैतिक भात्री संगठनका हरुलाई सल्लाहकारमा नियुक्त गरि पारित गरे पछि समिति तथा महिलाहरुले असन्तुष्ट व्यक्त गरेका छन् ।

सल्लाहकारमा नियुक्त गर्दा कम्तिमा पनि ५ जना महिलाहरुलाई नियुक्त गर्नु पर्ने माग उठाउदै सो अनुसार नियुक्त गर्न प्रस्ताव उठाएका थिए । असहमतिका बावजुद सल्लाहकारहरुको नियुक्त गरेकोमा संचालक समितिकै सदस्यहरुले नोट अफ डिसेन्ट ( बिरोध टिप्पणी )लेखेका छन् ।

तर सल्लाहकारहरु नियुक्त गर्दा सामाजिक व्यक्तित्वहरुमा टेक्ससका भुवन आचार्य ,न्यूयोर्कका लुई स्यांग लामालाई नियुक्त गर्न माग उपाध्यक्ष बिकाश उप्रेतीले आवाज उठाएका थिए ।

तर उनले आवाजलाई वेवास्था गर्दै राजनैतिक भात्री संगठनका व्यक्तिहरुलाई बहुमतद्वारा पारित गरे पछि बिरोध सुरु भएको हो । उपाध्यक्ष उप्रेतीले आफ्ना कुराहरु राख्दा राख्दै पारित भए पछि दुखेसो पोखेका छन् ।

प्रतिक्रिया