सोमबार, असोज ४ २०७८
काठमाडौं १३:२६
वासिङटन डिसी 03:41

भर्जिनियामा हराई रहेकी एक महिलाको शव फेला,संदिग्ध पक्राउ

इनेप्लिज २०७८ साउन ९ गते १२:४० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा हराई रहेकी एक महिलाको शव फेला परेको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ । साथै प्रहरीले संदिग्धलाई पक्राउ गरेको समेत जानकारी दिएको छ । तर बिस्तृत रुपमा जानकारी गरिने प्रहरीले बताएका छन् ।

उक्त महिला इमिली लु भएको पुष्टि भएको छ । गत शुक्रबार जुलाई २३ का दिन राती उनलाई पक्राउ गरिएको हो । उक्त महिला गत जुन ३ का दिन देखी हराई रहेकी थिइन् ।

प्रहरीका अनुसार उनि हराउनु पछाडी शंका गरिएको व्यक्तिको पहिचान गत जुलाई १५ का दिन प्रहरीले पहिचान गरेका थिए । प्रहरीले उक्त महिला र संदिग्ध बीचको सम्बन्धको बारेमा पनि जानकारी गराएका थिए ।

एबिसी७ न्युजले जुलाई २४ शनिबारका दिन बिहान बिस्तृत जानकारी दिने बारे समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया