सोमबार, असोज ४ २०७८
काठमाडौं १४:४१
वासिङटन डिसी 04:56

पेन्सेलभेनियामा १८ बर्षिय युवतीलाई अपहरण गरि हत्या गरेकोमा अभियुक्तलाई ३५ -७१ बर्षको कैद सजाय

इनेप्लिज २०७८ साउन ९ गते १२:१२ मा प्रकाशित

अमेरिकाको पेन्सेलभेनिया राज्यमा १८ बर्षिय एक युवतीलाई अपहरण गरि हत्या गरेको अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई साढे ३५ बर्ष देखि ७१ बर्षको कैद सजाय सुनाईएको छ ।

उक्त अभियुक्तले उनको लाशलाई लुकाएर राखेका थिए । उनलाई गत शुक्रबार जुलाई २३ का दिन दोषी ठहर गर्दै सजाय सुनाईएको हो । ३५ बर्षिय जुस्तो स्मोकरलाई पेन्सेलभेनियाको ल्यानकास्टर काउन्टीले तेश्रो श्रेणीको हत्या,अपहरण तथा अन्य आरोपमा दोषी ठहर गरेको हो ।

उक्त अभियुक्तले १८ बर्षिय लिण्डा स्टोलफुज नामक युवतीलाई हत्या गरेका थिए । जुन २१ ,२०२० का दिन उक्त युवती गिर्जाघर(चर्च)बाट घरको लागी हिडेकी थिइन् । उनि त्यस बेला सम्म त्यहाँ देखिएकी थिइन् ।

न्यायाधिशले उनलाई साढे ३५ बर्ष देखि ७१ बर्ष सम्मको कैद सजाय सुनाएका छन् भने त्यसको अतिरिक्त अझ १७ बर्ष सम्म उनले अघि पाएका सजायलाई उल्लघंन गरेकोमा थप गरिएको छ । उनलाई घर फोड्ने र डकैत गर्ने अभियोग लगाईएको थियो ।

प्रहरी अधिकारीका अनुसार उक्त व्यक्तिले अपहरण गरेको केही घण्टामा हत्या गरेका थिए । त्यस पछि जमिन मुनि गाढेर राखेका थिए । त्यस पछि उनले अर्को ठाउँमा सारेर राखेका थिए ।

प्रहरीका अनुसार उनले घाटी थिची चक्कु प्रहार गरेका थिए भनि एबिसी न्युजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया