टोकियो ओलम्पिकमा चीनकी च्यान याङ्गलाई पहिलो स्वर्ण पदक

इनेप्लिज २०७८ साउन ९ गते ११:३३ मा प्रकाशित

टोकियो ओलम्पिकमा चीनकी च्यान याङ्गले बन्दुक चलाउने प्रतियोगितामा सबैभन्दा पहिला स्वर्ण पदक हात पारेकी छिन । यो संगै टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक पाउने चीन प्रथम राष्ट्र भएको छ ।

उनले जुलाई २४ शनिबारका दिन स्वर्ण पदक जितेकी हुन् । चीनकी च्यान याङ्गले महिलाहरुको १० मिटर एयर राइफल प्रतियोगीमा स्वर्ण पदक जित्न सफल भएकी छिन । २१ बर्षिय याङ्ग २१ हाल चीनकी उदाउँदो तारा हुन् ।

उनले अन्तिम प्रतियोगितामा (फाइनल)मा रुसकी अनास्तासियालाई हराएकी थिइन् । त्यस्तै गरि स्विट्जरल्यान्डकी नीना क्रिस्चेनले कास्य पदक हात पारेकी छिन् ।

अहिले टोकियो ओलम्पिकमा तीर हान्ने, पुरुष साइकल(दुई चक्र वाहन)जुडो, बन्दुक हान्ने ,तेक्वान्दो ,महिला भारत्तोलन खेल सम्पन्न भै सकेका छन् भने प्रथम खेलहरु जित्ने अवसरहरू खेलाडीले पाउने भएका छन् ।

 

प्रतिक्रिया