सोमबार, असोज ४ २०७८
काठमाडौं १३:१०
वासिङटन डिसी 03:25

अमेरिकामा कोरोनाबाट दुई हप्तामा औसतमा अस्पताल भर्ना हुने दर ५७ प्रतिशत तथा संक्रमण दर १७३ प्रतिशतले वृद्धि

इनेप्लिज २०७८ साउन ९ गते ११:०० मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ४९ हजार ७ सय ४६ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसबाट २ सय ७१ जनाको मृत्यु भएको छ । गत शुक्रबार जुलाई २३ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १७३ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १० हजार ३ सय ५६ जनाको निधन भएको छ भने दुई हप्तामा २० प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकाका अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरस अत्यधिक वृद्धि भएको छ भने अलाबामा राज्य सबै भन्दा कम खोप लगाउने राज्य हो ।

अमेरिकामा ६ लाख १३ हजार ७० जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा २ प्रतिशतले घटेको छ । हाल अमेरिकामा २८ हजार ७ सय ८० जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ५७ प्रतिशतले वृद्धि भएको छ । अहिले बिहान शनिबार जुलाई २४ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४३ लाख ६८ हजार ७२ रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४८.९ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५६.५ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६८.७ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५९.८ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९४ लाख ७८ हजार ८ सय ७५ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ७९.७ प्रतिशत र पूर्ण खोप ८९.३ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड ३९ लाख २९ हजार ९ सय ५५ खोप आपूर्ति गरि सकिएको छ भने कम्तीमा एक खुराक खोप लगाउनेको संख्या ३४ करोड ३ लाख ६३ हजार ९ सय २२ पुगेको छ ।

अमेरिकामा खोप नलगाएकाहरु अस्पतालमा सिकिस्त तथा गम्भीर संक्रमित भए पछि खोप लगाउन माग गर्नुको साथै सबैलाई खोप लगाउन अनुरोध गरि रहेका छन ।

 

प्रतिक्रिया