टेक्ससको ह्युसटनमा सशस्त्र व्यक्तिले बिरामीवाहक वाहन भित्र बिरामी भएको अवस्थामा जबरजस्ती चोरी गर्दा पक्राउ
अमेरिकाको टेक्सस राज्यको ह्युसटन शहरमा शस्त्रधारी व्यक्तिले एम्बुलेन्स (बिरामीवाहक वाहन )भित्र बिरामी भएको अवस्थामा जबरजस्ती चोरी गर्दा प्रहरी टोलीले उक्त व्यक्तिलाई पक्राउ गरेका छन् ।
ह्युसटन प्रहरीका अनुसार उक्त शस्त्रधारी व्यक्तिले गाडी शुक्रबार बिहान गाडी लुटेका हुन् । उक्त व्यक्तिले गाडी चोरी गर्ने क्रममा गाडी भित्र अग्नि नियन्त्रणका व्यक्ति र बिरामी समेत रहेको अवस्थामा चोरी गरेको प्रहरीले बताएका छन् ।
उक्त संदिग्धलाई बिरामी वाहक सवारी साधनलाई सडक बाहिर कुदाएकोमा आरोप सामाजिक संजाल ट्वीटद्वारा जानकारी गराएका छन् । उक्त संदिग्ध व्यक्तिले बिरामी र अग्नि नियन्त्रक व्यक्तिलाई जबरजस्ती सडकमा बन्दुक तेर्स्याई सडकमा झारेका थिए ।
प्रहरीले मार्ग निर्देशक उपकरण(जिपिएस)को माध्यमद्वारा उक्त एम्बुलेन्स पत्ता लगाएका थिए । प्रहरीका अनुसार उक्त संदिग्ध र सशस्त्र व्यक्तिलाई कुनै दुर्घटना बिना पक्राउ गरि हिरासतमा लिइएको प्रहरीले बिभागले जनाएको समाचार एबिसी न्यूजले उल्लेख गरेको छ ।
तस्बिर :ह्युसटन प्रहरी बिभाग
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया