सोमबार, असोज ४ २०७८
काठमाडौं १४:४५
वासिङटन डिसी 05:00

अमेरिकामा कोरोनाबाट २४ घन्टामा ४५ हजार ३ सय संक्रमित,दुई हप्तामा औसतमा १८० प्रतिशत वृद्धि

मृत्यु दर ३० प्रतिशत तथा अस्पताल भर्ना ५३ प्रतिशतको वृद्धि

इनेप्लिज २०७८ साउन ८ गते १०:४८ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ४५ हजार ३ सय ४३ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट २ सय ५२ जनाको मृत्यु भएको छ । गत बिहिबार जुलाई २२ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १८० प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ९ हजार ८ सय ७० जनाको निधन भएको छ भने दुई हप्तामा ३० प्रतिशतले मृत्यु दर बढेको छ ।

 अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरस वृद्धि

अमेरिकामा ६ लाख १३ हजार ७० जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा २ प्रतिशतले घटेको छ । हाल अमेरिकामा २७ हजार ४ सय ८७ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ५३ प्रतिशतले वृद्धि भएको छ । अहिले बिहान शुक्रबार जुलाई २३ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४२ लाख ८५ हजार ३ सय ६० रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४८.८ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५६.४ प्रतिशत पुगेको छ ।

अमेरिकामा खोप नलगाएकाहरु अस्पतालमा सिकिस्त तथा गम्भीर संक्रमित भए पछि खोप लगाउन माग

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६८.६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५९.७ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९४ लाख ७८ हजार १ सय ७३ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ७९.६ प्रतिशत र पूर्ण खोप ८९.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड १९ लाख ९८ सय ६ सय २५ खोप आपूर्ति गरि सकिएको छ भने कम्तीमा एक खुराक खोप लगाउनेको संख्या ३३ करोड ९७ लाख ६३ हजार ७ सय ६५ पुगेको छ ।

अमेरिकामा कोरोना बिरुद्ध खोप कम लगाउने राज्यहरुका केही भागहरु क्रसम अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरसको वृद्धि भएको न्यूयोर्क टाइम्सको तथ्यांकले देखाएको छ । उक्त राज्यमा खोप नलगाउनेहरु संक्रमित भएका छन् ।

अमेरिकामा खोप नलगाएकाहरु अस्पतालमा सिकिस्त तथा गम्भीर संक्रमित भए पछि खोप लगाउन माग गर्नुको साथै सबैलाई खोप लगाउन अनुरोध गरि रहेका छन ।

प्रतिक्रिया