सोमबार, असोज ४ २०७८
काठमाडौं १३:४२
वासिङटन डिसी 03:57

एनआरएन कोलोराडो च्यप्टरमा ११ सदस्सिय सल्लाहकार समिती चयन

नातिबाबु भट्ट कोलोराडो अमेरीका २०७८ साउन ७ गते ९:३६ मा प्रकाशित

नातिबाबु भट्ट,कोलोराडो अमेरिका-नव निर्वाचित एनआरएन कोलोराडो च्याप्टरको कार्यसमितीको पहिलो बैठकले ११ सदस्सिय सल्लाहकार समिती चयन गरेको छ ।अध्यक्ष आर सी पन्तको अध्यक्षतामा आईतबार सम्पन्न बैठकले सर्वसम्मत रुपमा ११ सदस्सिय सल्लाहकार समिती चयन गरेको हो।

यसरी चयन हुनेहरुमा गणेश भण्डारी ,रैवतराज पौडेल,सरीता गुरुङ बासुदेव खनाल,प्रेम रेग्मी,गोविन्द यस्माली,अनिता गुरुङ,शान्ति भुषाल,प्रकाश सिटौला,उपेन्द्र रिजाल,शिरिश कुंवर रहेका छन्।सल्लाहकार समिती चयनगर्दा कोलोराडोमा रहेका संघ संस्था,व्यावसायी,समाजसेवी,बुद्धीजिवी सबै पेशा वर्ग जातजातीको प्रतिनिधित्व हुनेगरी चयन गरिएको अध्यक्ष आर सी पन्तले बताएका छन्।

संस्थाको पहिलो बैठकमा एनआरएन एनसिसि अमेरिकाका नव निर्वाचित अध्यक्ष बुद्धीसागर सुवेदी पनि जुम मार्फत बैठकमा जोडिएर कोलोराडो च्याप्टरका सबै कार्यसमितीका पदाधिकारीहरुलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिएका थिए।च्याप्टरको पहिलो बैठकले यस बाहेक अन्य निर्णयहरु पनि परितगरेको ती निर्णयको माईनुट सचिव शंकर गुरुङले छिटै सार्वजानिक गर्ने अध्यक्ष पन्तले बताएका छन्।

प्रतिक्रिया