परदेशीहरुको पीडा वोल्ने गीत ‘सीमापारी’ सार्वजनिक

इनेप्लिज २०७८ साउन ७ गते ३:०२ मा प्रकाशित

सर्जक गौतम सागर राइले नयां गीत ‘सीमापारी’ सार्वजनिक गरेका छन् ।

बिगत ६ बर्षदेखि अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसोबास गर्दै आरहेका सर्जक राई साहित्य, संगीत, र पत्रकारितामा परदेशबाटै सकृय छन । राइले अहिलेसम्ममा लगभग ३ दर्जन गीतमा स्वर तथा संगीत दिइसकेका छन् भने राइले लेखेका करिव एक दर्जन गीतहरु अन्य गायक गायिकाले पनि गाएका छन् ।

भ्वाइस अफ नेपालको नक आउटबाट बाहिरिएकी सिक्किमे गायिका सुदिता राईको रहेको स्वर रहेको नयां गीत ‘सीमापारी’ मा शब्द र संगीत गौतम सागर राईको रहेको छ भने गीतको एरेन्ज मनोज साङ्सोन राईले र गीतको मिक्सिङ राजु कार्किले गरेका छन् । यो गीत किङ स्टुडियोमा रेकर्डिस्ट सुरेश राईले रेकर्ड गरेका हुन ।

 

https://youtu.be/8oU73A2jQTw

 

प्रतिक्रिया