बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:५६
वासिङटन डिसी 09:11

मेरिल्याण्डमा आफ्नो चोरी भएको दूई चक्के सवारी साधन लिन खोज्दा ६४ बर्षिय बृद्धलाई गोली हानि हत्या

इनेप्लिज २०७८ साउन ७ गते २:०३ मा प्रकाशित

 

अमेरिकाको मेरिल्याण्ड राज्यमा आफ्नो चोरी भएको दूई चक्के सवारी साधन(स्कुटर) लिन खोज्दा ६४ बर्षिय बृद्धलाई गोली हानी हत्या गरिएको छ । बाल्टिमोर प्रहरीका अनुसार उनको भटभटे खोसेर लग्दा बृद्धले आफ्नो सवारी साधन पुन:प्राप्त गर्न खोज्दा उनलाई गोली हानिएको जनाएका छन् ।

बाल्टिमोर प्रहरीले गत जुलाई २० का दिन मंगलबार उक्त घटनाको बारेमा बताए ।

हत्याको बारेमा अनुसन्धानकर्ताहरूले दुई युवाहरु उक्त हत्या काण्डमा संलग्न भएकोले उनीहरुको पहिचान गर्न खोजी रहेका छन् । ती मध्ये एकको प्रहरी द्वारा वितरित तस्बिरमा एक स्कूटर(दुई चक्र वाहन सवारी साधन)माथि चलाएर बसेको देखिन्छ।

प्रहरीहरु उक्त मारिने व्यक्तिको पहिचान गरेका छन् भने उनि भेसेल्स नेटल्सभएको पुष्टि भएको छ । अधिकारीहरूले उनलाई गत सोमबार साँझ उत्तरपश्चिमी बाल्टिमोरमा उनको टाउकोमा गोलीको चोटपटक लागेको अवस्थामा भेट्टाएका थिए ।

अधिकारीहरूले उनलाई फेला पारेको केही बेर पछि नेटल्स अस्पतालमा लागिएको थियो । उनलाई अस्पताल मै मृत घोषित गरिएको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार उनि सवारी साधन कुदाई रहेको समयमा उनलाई गोली हानिएको जस्तो देखिन्छ भनि एबिसी७ न्युजले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया