तनहुँको अकला मन्दिरमा चो’री, रातारात मुर्ती चो’रेपछी कुकुरले खो’ज्दै (हेर्नुहोस भिडियो)

इनेप्लिज २०७८ साउन ६ गते २३:०० मा प्रकाशित

तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको अकला देवी मन्दिरमा चोरी भएको छ।गए राति अज्ञात समूहले मन्दिरको मूलढोकामा लगाइएको ताल्चा फोडेर मूर्तिलगायतका सामान चोरी गरेको हो।प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकला देवी मन्दिरमा रहेको गणेशको मूर्ति,शङ्ख र घण्टी चोरी भएको तथा मन्दिरको गजुर भने सुरक्षित रहेको मन्दिर विकास तथा व्यवस्थापन समितिले जनाएको छ।

आज बिहान पुजारी मन्दिरमा दैनिक नित्य पूजाका लागि जाँदा मात्रै मन्दिरमा मूर्ति चोरी भएको थाहा भएको मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त थापाले जानकारी दिए।

घटनापश्चात प्रहरी टोली गएर घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए।लाखौँ भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घटना हुनु अत्यन्त निन्दनीय र हिन्दू धर्ममाथिको प्रहार भएको उनले बताए ।उक्त कार्यमा संलग्न कोही शङ्कास्पद व्यक्ति वा समूह भेटिए तुरुन्त प्रहरीलाई खबर गरिदिन उनले सबैमा आग्रहसमेत गरेका छन्।यस विषयमा वडाध्यक्ष बसन थापासँग बुझ्दा आफू काठमाडौँ रहेकाले केही जानकारी नपाएको बताए ।

https://www.youtube.com/watch?v=1ITvzBPgf6g&t=75s

प्रतिक्रिया