गायक प्रमोद खरेलको आवाजमा ‘बैगुनी’ (भिडियो सहित)

इनेप्लिज २०७८ साउन ६ गते २२:४९ मा प्रकाशित


काठमाण्डौं।नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘बैगुनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

।नेपालको गुल्मीमा जन्मिएर कर्मथलो बेलायत बनाएका मैथानेले हालसम्म डेढ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन्।बेलायतबाट कलाकार दिपक मैथाने मगरको आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोशेली ‘बैगुनी’ सार्वजनिक गरेका हुन्।मैथाने इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको गीतमा प्रेम पछिको विछोडलाई समेटिएको छ।दिपक मैथाने मगरको शब्द विलान थापाको संगीत साथै एरेन्ज गीतमा रहेको छ।

भिडियोमा मनिश श्रेष्ठ,आस्था जोशी,सन्तोष राई र अर्जुन लिम्बूले मोडलिङ अभिनय देख्न सकिन्छ।कुशल श्रेष्ठले भिडियोमा निर्देशन तथा सम्पादन गरेका छन।

‘बैगुनी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया