बिहीबार, साउन १४ २०७८
काठमाडौं १६:४७
वासिङटन डिसी 07:02

प्रधानमन्त्री देउवाले पठाए नेजालाई शुभकामना सन्देश

इनेप्लिज २०७८ साउन ६ गते २२:३० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अमेरिका पत्रकार संघ(नेजा)को आगामी जुलाई २४ र २५का दिन हुने सातौ अधिवेशन तथा १४ औं वार्षिक साधारण सभाको लागि शुभकामना सन्देश पठाएका छन् ।

प्रधामन्त्री देउवाले २०७८ साल साउन ६ का दिन नेजालाई लिखित शुभकामना सन्देश पठाउदै सातौ अधिवेशन तथा १४ औं वार्षिक साधारण सभा हुन् लागेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिएका छन् ।

अमेरिकामा बसेर पनि तपाईहरुले आफ्नो राष्ट्रको गौरव बढाउनु भएको छ भन्ने आफुले ठानेको छु भनि उक्त शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

मुलुकमा लोकतन्त्रलाई थप प्रभावकारी बनाउदै मुलुकलाई विकाशको मार्गमा अघि बढाउने सरकारको उद्धेश्य छ । यो उद्धेश्यमा तपाईहरुले पनि आफ्नो ठाउँबाट अग्रसरता लिनु हुने नै छ भनि संदेशमा सरकारको विशेष चासो रहेको जनाएका छन् ।

साथै नेजाले प्रकाशित गर्ने स्मारिकामा अमेरिकाको पत्रकारिताबाट नेपालको पत्रकारिता क्षेत्रले सिक्न सक्ने बिषय तथा अनुसन्धानमूलक लेखहरु प्रकाशन हुनेछ भनि शुभकामना सन्देश दिएका छन् ।

उक्त शुभकामना सन्देश उद्घाटन कार्यक्रममा पढेर सुनाइने छ भने अन्य विशेष ब्यक्त्तिवहरुको पनि सन्देश धमाधम आई रहेको कार्यकारी समिति सदस्य निदेश अधिकारीले बताए ।

अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनिया राज्यको स्यानटिली शहरमा आयोजना हुने बार्षिक साधारण सभा आगामी जुलाई २४ र २५(शनिबार र आइतबार)का दिन हुनेछ ।

साधारण सभाको लागि अमेरिकाका विभिन्न राज्यहरुबाट पत्रकार/पदाधिकारीहरु भर्जिनिया आउन प्रारम्भ गरेका छन् ।

प्रतिक्रिया