ब्युटि पेजेन्ट टिभी शो बाटै अन्जु भइन्,मिसेस मंगोल नेपाल २०२१ को बिजेता

इनेप्लिज २०७८ साउन ६ गते २२:२४ मा प्रकाशित


काठमाडौ।अमेजन इन्टरटेन्मेन्टले मिसेस मंगोल नेपाल २०२१ को सातौ संस्करण ब्रोडकास्टिङ एडिसन टिभी शोको माध्यमबाट बिजेता छनौट गरेका छन्।वर्तमान समयमा कोभिड–१९को महामारीको प्रतिकुल समयमा स्टेजका कार्यक्रमहरु सुस्ताइरहेको अवस्थामा इभेन्टको क्षेत्रमा नया प्रयोग रुचाउने अमेजन इन्टरटेन्मेन्टले कार्यक्रमको यो नौलो शैली अपनाएको हो।

केही दिन अगाडी सम्पन्न भएको फाइनलमा मिसेस मंगोल नेपाल २०२१ को ताज बौद्ध निवासि अन्जु शेर्पाले आफ्नो शिरमा पार्न सफल भइन्।निर्णायक मण्डलका प्रमुख निर्णायक डा.रेखा थापाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै अन्जुले उपाधी जितेकी हुन्।

त्यस्तै क्रमश हिरा शेर्पा फस्ट रनरअप,निशा थापा मगर सेकेन्ड रनरअप,सोभा मगर थर्ड रनरअप र गौरी लामा फोर्थ रनरअप हुन सफल भए।बिजेता अन्जुसंगै सबैलाई शिरमा ताज पिहिराइएको थियो।

१५ प्रतियोगीहरु मध्ये विभिन्न चरणबाट छनौट हुदै टप ५लाई मात्र फाइनल स्टेजमा प्रस्तुत गरिएको थियो।हिमानी सुब्बाको कोरियोग्राफी रहेको यस कार्यक्रम कास्टमण्डप टिभीबाट प्रसारण भएको छ।

यस प्रतियोगीताको फाइनलमा निर्णायकको भुमिकामा डा.रेखा थापा,मिसेस हिमालियन नेपाल माया लामा,ब्युटिसियन नेपाल हेमा पुन मगर र मिसेस आइकन नेपाल सोनिया ज्याखो रहेका थिए।कार्यक्रमलाई अभिनेता दिक्पाल कार्कीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया