गजल :-पालैपालो प्रधानमन्त्री बन्दै बालुवाटार जाने काम भयो

शारदा क्षेत्री २०७८ साउन ६ गते २२:०६ मा प्रकाशित

पालैपालो प्रधानमन्त्री बन्दै बालुवाटार जाने काम भयो
एक सय बडिगार्ड सहित चिप्ला गाडी चड्ने लाम भयो
देशका लागि केही गर्न नपर्ने जनता झुक्याएर भाषण गरि
आफनै नातागोता भर्ना गरि भत्ता खाने जाम भयो
पिएचडि डिग्रि गरेका सबै ठुला देशमा पलायन भए
नपढेका पट्मुर्खले कानुन नबुझी राष्ट्र चलाउने बदनाम भयो
देशमा बिकास रोजगार नभएर युवा खाडीमा छन्
सरकार बन्ने मारामार मा बर्षौ बिताउने अथानाम भयो
स्वास्थ अनि उमेरले साथ नदिएर सन्यास लिने बेला
उस्ले उस्लाई पोलापोल मनपरि बोलेर चरनाम भयो
राजाको तलब भत्ता असी लाख हुन्थ्यो भन्थे पहिले
अहिले करोडौं करोड तलब भत्ता कमाउने को नाम भयो

रचना :-शारदा क्षेत्री
चितवन भरतपुर
हाल अमेरिका

प्रतिक्रिया