संसाक सम्मान २०७८ को घोषणा

इनेप्लिज २०७८ साउन ६ गते २१:४३ मा प्रकाशित

काठमाडौँ,साउन ६ गते ।विगत ९ वर्षदेखि संस्कृति साहित्य र कलाको लेखन,प्रकाशन,प्रसारण र विस्तार गर्दै आएको संसाक मासिकले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाका साहित्यिक सम्मान – २०७८ को घोषणा गरेको छ।संसाकले यस वर्ष समीक्षा,काव्य÷कविता,मुक्तक,नियात्रा,शीत आदि विधाका ६ जना स्रष्टाहरूलाई सम्मान दिने घोषणा गरेको छ।

विभिन्न विधाका सम्मान पाउने स्रष्टा÷सर्जकहरूमा–

१. संसाक यात्री नियात्रा सम्मान– रञ्जुश्री पराजुली, काठमाडौँ।
२. संसाक अनामणि समीक्षा सम्मान– अरुणबहादुर खत्री ‘नदी’,काठमाडौं।
३. संसाक भद्रकुमारी के.सी. मुक्तक÷हाइकु सम्मान– अमित घिमिरे,
सिन्धुपाल्चोक।
४. संसाक तेज÷शोभा काव्य सम्मान– रेणु थापा मौनता,काठमाडौं।
५. संसाक कर्ण शीत सम्मान– देवेन्द्रराज शाक्य,बुटवल।
६. संसाक गोपालराज÷मैयादेवी पाण्डे साहित्य सम्मान– मेनुका चापागाई,मोरङ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकालीको संयोजकत्व र मुक्तककार जसध्वज गुरुङ र उपप्राध्यापक अनुपमा रेग्मीको सदस्यमा गठित तीन सदस्यीय स्रष्टा छनोट समितिले सम्मानित स्रष्टाहरू चयन गरेको हो।

सम्मान समर्पण कार्यक्रमको आयोजना कोरोना भाइरस (कोभिड–१९) को अवस्थालाई ध्यानमा राख्दै उपयुक्त समय र स्थानको छनोट गरी निकट भविष्यमा गर्ने योजना रहेको छ।

उमेश पाण्डे
सम्पादक÷प्रकाशक

प्रतिक्रिया