बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:२९
वासिङटन डिसी 08:44

मेरिल्याण्डमा बुधबार बिहानै गोलीबारी हुँदा १ जनाको मृत्यु ,४ जना घाइते

इनेप्लिज २०७८ साउन ६ गते ११:१८ मा प्रकाशित

मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा बुधबार बिहानै गोलीबारी हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । प्रिन्स जर्ज काउन्टी प्रहरीका अनुसार उक्त घटना एडेल्फी शहरमा भएको जनाएका छन् ।

जुलाई २१ बुधबार बिहान करिव १२:१० मिनेटमा न्यू ह्यामशायर एभेन्यु नजीकको मेटजेरोट सडकमा उक्त गोलीकाण्ड भएको डब्लुटिओपीले जनाएको छ । प्रहरीका अनुसार पीडितको मृत्यु घटनास्थल मै भएको जनाएका छन् भने अन्य घाइते बाच्ने अपेक्षा रहेको बताएका छन् ।

प्रहरीहरु त्यहाँ पुग्दा ५ जना गोली लागि घाइते अवस्था फेला परेका थिए । अन्य ४ जनालाई अस्पतालमा लागिएको छ भने प्रहरीले अझ गोली चलाउने संदिग्धको खोजी गरि रहेको बताएका छन् ।

उक्त क्षेत्रमा सर्वसाधारणलाई खतरा नभएको प्रहरीले बताउदै उक्त घटनाको बारेमा जानकारी भएमा प्रिन्स जर्ज काउन्टीको अपराध शाखामा सम्पर्क सूचना दिन समेत आग्रह गरेका छन् ।

तस्बिर :फक्सन्युज५

प्रतिक्रिया