बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:२४
वासिङटन डिसी 08:39

अमेरिकामा दुई हप्तामा कोरोना संक्रमण १९५ प्रतिशत र मृत्यु दर ४२ प्रतिशत वृद्धि

अमेरिकामा हाल सम्म २ करोड ९४ लाख ३५ हजार १ सय ७१ जना कोरोना संक्रमित निको

इनेप्लिज २०७८ साउन ६ गते १०:५६ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ३७ हजार ९ सय ७५ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट २ सय ४९ जनाको मृत्यु भएको छ । गत मंगलबार जुलाई २० का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १९५ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ८ हजार ७ सय १७ जनाको निधन भएको छ भने दुई हप्तामा ४२ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकामा ५ लाख ४५ हजार ८ सय ४२ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा १३ प्रतिशतले घटेको छ । हाल अमेरिकामा २५ हजार २ सय ९५ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ४६ प्रतिशतले वृद्धि भएको छ । अहिले बिहान बुधबार जुलाई २१ सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४१ लाख ५९ हजार ७ सय २३ रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४८.७ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५६.२ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६८.३ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५९.६ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा हाल सम्म २ करोड ९४ लाख ३५ हजार १ सय ७१ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ७९.५ प्रतिशत र पूर्ण खोप ८९.१ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड ७ लाख ३५ सय ९ सय ७५ खोप आपूर्ति गरि सकिएको छ भने कम्तीमा एक खुराक खोप लगाउनेको संख्या ३३ करोड ८४ लाख ९१ हजार ३ सय ७४ पुगेको छ ।

अमेरिकामा कोरोना बिरुद्ध खोप कम लगाउने राज्यहरुका केही भागहरु क्रसम अर्कन्सस,मिजौरी,फ्लोरोड़ा र नेभादा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरसको वृद्धि भएको न्यूयोर्क टाइम्सको तथ्यांकले देखाएको छ । उक्त राज्यमा खोप नलगाउनेहरु संक्रमित भएका छन् ।

 

प्रतिक्रिया