बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:२५
वासिङटन डिसी 07:40

भीम रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदको आग्रह

इनेप्लिज २०७८ साउन ६ गते १०:२८ मा प्रकाशित

काठमाडौं।सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूले नेता भीम रावललाई सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका छन्।आज विहान रावलको निवास पुगेका मन्त्री तथा सांसदहरुले राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन।

सुदूरपश्चिमको सक्रिय राजनीतिमा लागेको व्यक्ति संघीय संसदमा रहिरहनुपर्ने माग उनीहरुले रावल समक्ष राखेका हुन।रावलले भने आफुले राजीनमामा पार्टीलाई एक बनाउने उद्देश्यले दिएको भन्दै फिर्ता गर्ने पक्षमा नरहेको जवाफ दिएका छन।सबैतिरवाट दवाव आएकाले फिर्ता गर्ने या नगर्ने भन्नेमा समेत निर्णयमा पुग्न नसकेको उनले जानकारी गराएका छन।

रावललाई भेट्न प्रदेशकी कानून मन्त्री पूर्णा जोशी,सामाजिक विकास मन्त्री लालबहादुर खड्का लगायत १३ जना पुगेका थिए।वरिष्ठ नेता नेपाल समूहमै रहेता पनि अन्तिम अवस्थामा रावलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसद पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया