बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:११
वासिङटन डिसी 07:26

बिश्वकै सर्वाधिक धनाड्य तथा एमाजोनका प्रमुख जेफ बेजोस अन्तरिक्षमा उडे र फर्के ,उनको सपना पुरा

इनेप्लिज २०७८ साउन ५ गते २२:१६ मा प्रकाशित

एमाजोनका प्रमुख कार्यकारी अधिकारी तथा बिश्व कै धनाड्य व्यक्ति जेफ बेजोस अन्तरिक्षको लागि सफलतापूर्वक उडे र सकुसलपूर्वक पृथ्वीमा फर्किएका छन ।

उनि जुलाई २० का दिन मंगलबार अन्तरिक्षको लागि आफ्नो कान्छो भाई ,बिमान चालक वाली फंक ,नेदरल्याण्डका १८ बर्षिय युवा र ८२ बर्षिय टेक्ससका उड्डयन पथ प्रदर्शकसंग अन्तरिक्षको यात्रामा गएका थिए ।

बेजोस आफ्नै अन्तरिक्ष प्रतिष्ठान ब्लू ओरिजिनद्वारा बनाइएको रकेट जहाज न्यू शेपार्ड ,ब्लु ओरिजिनबाट गएका हुन् । उनि यसरी जाने दोस्रो अर्ब पती व्यवसायी भएका छन् ।

तर यो यात्रा एकदम छोटो समयको लागि थियो । उनले अन्तरिक्षको केवल १० मिनेटको मात्र यात्रा गर्न पाए । ब्लु ओरिजिन ६६ माइलको उचाईमा पुगेको थियो भने जुलाई ११ मा अर्का धनाढ्यको भन्दा १० माइल टाडा पुगेको थियो । माथि पुगे पछि केही समय सम्म उनीहरु भारशून्यता भएका थिए भने उक्त श्रब्य दृश्य(भिडीयो)मा हावामा उडी प्रसन्न मुद्रामा देखिन्थे ।

मेरो अपेक्षा उच्च थियो र ती प्रभावशाली तरीकाले नाघ्यो ” बेजोसले पछि भने।

“जब म ५ बर्षको थिए तबदेखि मैले अन्तरिक्षको यात्रा गर्ने सपना देखेको छु,” ५७ बर्षिय बेजोसले केही समय अगाडी सामाजिक संजाल इन्स्टाग्राम प्रकाशित गर्दै “जुलाई २० मा, म त्यो यात्रा मेरो भाईसँग लिनेछु। सबैभन्दा राम्रो साहसिक र ,मेरो सबैभन्दा मिल्ने साथीसँग।” भनेका थिए । त्यो दिनको प्रतिक्षा गर्दा गर्दै आजैका दिन जुलाई २० का दिन उनको बाल्यकालको सपना पुरा भएको छ ।

 

प्रतिक्रिया