गोपीकृष्ण स्मृति प्रतिष्ठानबाट सहयोग झापा !

इनेप्लिज २०७८ साउन ५ गते २१:३९ मा प्रकाशित


बिर्तामोड झापा स्थित गोपीकृष्ण स्मृति प्रतिष्ठानले स्व.गोपीकृष्ण खनालको तेस्रो वार्षिक पुण्य तिथीकाअवसरमा हिजो श्रावण ४ गते एक कार्यक्रमका वीच आर्थिक सहयोग गर्ने क्रममा रु.एकाउन्न हजारको चेकमंगल सेवा समिति भद्रपुरलाई हस्तान्तरण गरेको समाचार छ।

​मेची क्याम्पस भद्रपुरको प्राङ्गणमा पाँच जना पूर्वाञ्जल नेपाली साहित्यकारहरुको प्रतीमा सहित निर्माणाधिन वौद्धिक वाटिकाको निर्माण सहयोगका लागि गोपीकृष्ण स्मृति प्रतिष्ठानले प्रदान गरेको हो।

​बिर्तामोड झापामा पत्रकारिता तथा साहित्यलाई कर्मथलो बनाई विगत ३ दशक व्यथित गर्दै गर्दा अकस्मात सडक दुर्घटनामा दिवंगल हुनु भएका वरिष्ठ साहित्यकार तथा पत्रकार स्व.गोपीकृष्ण खनालको संझनामा वहाँको निधन भएको तेह«ौं दिनमा स्थापना भएको गोपीकृष्ण स्मृति प्रतिष्ठानले सामाजिक क्षेत्रमा योगदानपु¥याउने क्रममा नियमित कार्यक्रम अनुसार सहयोग पुर्याएको कुरा प्रतिष्ठानका समिति मार्फत जानकारीप्राप्त भएको हो।

​कार्यक्रममा प्रतिष्ठानकी संरक्षक श्रीमती रुपादेवी खनाल,सचिव डा.पुण्यप्रसाद पौड्याल कोषाध्यक्ष भानुभक्त खनाल,सदस्यहरु गंगाप्रसाद भट्टराई,खड्गप्रसाद दाहाल लगायत मंगल सेवा समितिका अध्यक्ष श्री गोपाल खनाल सहित सचिव नरेन्द्र तिम्सीना,सह-सचिव हरिओम न्यौपाने लगायत फ़ोटो पत्रकार बिजय बरालहरुको सम्म-पस्थितीमा चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

​गोपीकृष्ण स्मृति प्रतिष्ठान स्रोत अनुसार आफ्नो नियमित वार्षिक कार्यक्रम अनुसार स्थानीय निकायमासहयोग पु¥याउने क्रममा गतवर्ष पनि कोटिहोम, सुरुङ्गामा पि.सी.आर.ल्याव स्थापनाका लागि सहयोग प्रदानगरिएको थियो।स्व.खनालको स्मृतिग्रन्थ प्रकाशनका लागि प्रेसमा अन्तिम चरणमा रहेको कुरा सचिव मार्फत जानकारी प्राप्त भएको छ।न्युजर्सीको जर्सीसिटी निवासी समाजसेवी तथा कलमजीवी मनोज खनाल स्व.गोपीकृ्ष्ण खनालका जेष्ठ सुपुत्र हुनुहुन्छ भने वहाँको परिकल्पनामा गठित प्रतिष्ठानले झापाको परिवेशमासामाजिक कार्यमा अग्रसर भुमिका खेलेको देखिन्छ ।

प्रतिक्रिया