बुधबार, माघ १२ २०७८
काठमाडौं ०५:२०
वासिङटन डिसी 18:35

जर्जियाकी महा विवादास्पद ,षडयन्त्र सिद्धान्तकी हिमायती सांसद ग्रीनको ट्वीटर अस्थायी रुपमा बन्द

उनले कोरोना खोप सम्बन्धि भ्रामक सूचनालाई पटक पटक हिस्सा (शेयर)गरे पछि बन्द गरेको हो

इनेप्लिज २०७८ साउन ५ गते ११:१९ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यकि चुनाव क्षेत्र १४ की महा विवादास्पद ,षडयन्त्र सिद्धान्त तथा ट्रम्पकी कट्टर समर्थक सांसद मारजोरी टेलर ग्रीनको ट्वीटर अस्थायी रुपमा बन्द गरेको छ ।

उनले कोरोना खोप सम्बन्धि गलत तथा भ्रामक सूचनालाई पटक पटक हिस्सा (शेयर)गरे पछि उनको सामाजिक संजाल खाता १२ घण्टालाई बन्द गरि दिएको छ ।

उनको खाता गत सोमबार गलत सुचना सांझा गरे पछि ट्वीटर गाल्ट संदेश नजाओस भनि बन्द गरेको हो ।

उनि अत्यन्तै विवादस्पद हुन् भने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी कट्टर समर्थक र चुनाव हारेता पनि ट्रम्पले चुनाव जिते भन्नेमा उनि धेरै मध्येमा एक हुन् । जो बाइडेनले चुनाव जिती सक्दा पनि ट्रम्पले चुनाव जिते भन्ने रातो टोपी उनले लगाएकी थिइन् ।

उनले सामाजिक संजाल ट्वीटरमा पटक अतक त्यस्ता विवादास्पद कुराहरु राख्ने गरेकी छिन् । उनले त्यस्ता समाचार राखे पछि अमेरिकी शल्य चिकित्सक विवेक मुर्तिले यस्ता गलत र भ्रामक सूचना सामाजिक संजाललाइ मंच न बनाउन आग्रह गर्दै यसले गम्भीर स्वास्थ्य संकट निम्त्याउने बताएका छन् ।

प्रतिक्रिया