ओलीले गरेका असंवैधानिक नियुक्त गर्न प्रधानमन्त्री देउवा र दाहालबीच सहमति

इनेप्लिज २०७८ साउन ५ गते १०:३१ मा प्रकाशित

काठमाडौं।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका असंवैधानिक नियुक्त खारेज गर्न प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन्।

मंगबार प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा उनीहरुबीच असंवैधानिक ढंगले गरिएका नियुक्ति खारेज गर्ने र साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।उनीहरूबीच सरकारमा विभिन्न दलको सहभागिता र मन्त्रालय बाँडफाँडलगायत विषय पनि छलफल भएको छ।

यसअघि आजै बिहान अध्यक्ष दाहालले जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेट गरेका थिए।उक्त भेटमा समेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको थियो।ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो।

प्रतिक्रिया