४१ विद्यार्थीले प्राप्त गरे इन्जिनियरिङ सहितको छात्रवृत्ति

इनेप्लिज २०७८ साउन ५ गते १०:१२ मा प्रकाशित

विराटनगर,५ साउन (रासस):उचित शैक्षिक बातावरण र सहित मार्गदर्शन प्राप्त भएमा छात्रछात्राले सहजरुपमा सफलता प्राप्त गर्ने उदाहरण यहाँको एक शैक्षिक संस्थामा देखिएको छ।

विराटनगर–९ स्थित ग्रीनल्याण्ड उच्च माध्यमिक विद्यालयका अध्ययनरत ४१ विद्यार्थीहरुले भारत सहित नेपालका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्।

विद्यालयद्वारा आज यहाँ आयोजित हार्दिक बधाई तथा सम्मान कार्यक्रमलाई छात्रवृत्ति प्राप्त गर्ने छात्रछात्राहरुलाई शैक्षिक सामग्री सहित सम्मान गरिएको थियो ।

विद्यालयका विस.२०७५ समूहका विद्यार्थीहरुले विएस्सी कृषिमा आठ जना,विविए महेन्द्र मोरङ कलेज विराटनगरमा उत्कृष्ट सहित आठ जना,भारत सहित नेपालका विभिन्न विश्वविद्यालयमा इन्जिनयरिङगमा २५ जना छात्रछात्राले पूर्ण छात्रवृत्ति प्राप्त गरी स्नातक तहमा अध्ययन गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्राचार्य दिपक पोखरेलले विद्यार्थीहरुलाई सम्मान गर्दै छात्रछात्रालाई उचित रेखदेख र उनीहरुको अध्ययनको रुचि अनुसार विशेष कक्षा सहित अध्ययन गराएको कारणले सफलता प्राप्त गरेकोमा बताउनु भयो।

त्रिभुवन विश्वद्यालयको पुल्चोक इन्जिनियरिङग कलेजमा पत्रम सत्रको परीक्षामा प्रथम स्थान ल्याउन सफल आयुश साह कानुले विद्यालयको गुरुहरुको अनुशासित अध्ययन र शैक्षिक बातावरणको कारण सफलता प्राप्त भएको जानकारी दिनु भयो।

विस २०६८ मा संस्थागत रुपमा स्थापित उक्त्त विद्यालयमा हाल विभिन्न सङकायमा गरी एक हजार ५०० छात्रछात्रा अध्ययनरत रहेका छन्।

प्रतिक्रिया