बाल्टिमोरबाट कलाकार रतन सुवेदीले निकाले “ देखी रहुँ जस्तो लाग्छ ” को म्युजिक भिडियो

इनेप्लिज २०७८ साउन ४ गते २२:४२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका प्यारोडी तथा पप गायकको नामले समेत चिनिने कलाकार रतन सुवेदीले आधुनिक युगल रोमान्टिक गीत “ देखी रहुँ जस्तो लाग्छ ” को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

नेपाली कला क्षेत्रमा ३ दशक भन्दा अगाडी देखि संलग्न भएका गायक सुवेदीले आफ्नै रचना, संगीत र गायनका साथै आफैले अभिनय गरेका छन । उक्त म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत ल्याएका छन् ।

उनले गत जुलाई १८ का दिन आइतबार राती उक्त गीत सार्वजनिक गरेका हुन् । यस गितमा चर्चीत गायिका बानीका प्रधानको स्वर रहेको छ भने तारा सुबेदीको प्रस्तुती रहेको उक्त म्युजिक भिडियोमा समाजसेवी तथा चर्चित मोडेल रिमा केसीले समेतले अभिनय गरेकी छिन ।

म्युजिक व्यवस्थापन चांद सिंह,भोकल/मिक्सिंग ओम कर्माचार्य ,फोटोग्राफी निर्देशक बिक्रान्त मान श्रेष्ठ ,सिनेमाटोग्राफी बिशाल श्रेष्ठ,इडिटिङ्ग तथा मिक्सिंग बिक्रान्त श्रेष्ठ (नाम्लो इभेन्ट्स ,मेरिल्याण्ड )तथा निर्देशन तथा कोरियोग्राफी केसी डान्स सेन्टरका नबिन केसी तथा लुना श्रेष्ठले गरेका छन् ।

https://www.youtube.com/watch?v=jrc7jjXy-CU

प्रतिक्रिया