६० वर्ष पुगेपछि गणेशले ल्याए पहिलो गीत

इनेप्लिज २०७८ साउन ४ गते २२:१५ मा प्रकाशित

काठमाडौं, ४ साउन -नवोदित गायक गणेश थापाको स्वरमा नयाँ गीत आयो तिम्रो राजाको भिडियो सोमबार रिलिज भएको छ।यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो।

रोमान्टिक शैलीको यो आधुनिक गीत नृत्य प्रधान रहेको छ।गीतमा सुवर्ण कुमार श्रेष्ठको संगीत र संगीत संयोजन छ।गीतलाई सुदन लुईंटेलले लेखेका हुन्।
यो गीतको भिडियो पनि नृत्य प्रधान र आकर्षक बनेको छ।गीतको भिडियोमा नायक नायिकाको रुपमा अभिनेता यसराज गराच र गायिका तथा मोडल सरिता भारती प्रस्तुत भएका छन्।यी दुईको सम्बन्धमा सहयोगी भएर अर्की मोडल मञ्जुला गिरी पनि कलाकारको रुपमा प्रस्तुत भएकी छन्।यसराज र सरिताको अभिनय प्रसँसनीय छ।

यो गीतको भिडियोलाई नृत्य निर्देशन तथा निर्देशन सुवास बुढाथोकीले गरेका हुन्।उनी यो गीतबाट एक दशकपछि नृत्य निर्देशन तथा निर्देशनमा फर्किएका हुन्। गीतमा सुरेश कुमार राउतको सम्पादन,टंक केसीको छायाँकन,बिना रानामगर र शोभा श्रेष्ठको सृँगार रहेको छ।यो गीत र भिडियोको निर्माता सवनम थापा र नेहा थापा हुन्।

चार दशक अघि काठमाडौंको आरआर क्याम्पस पढ्दा गायनमा लागे पनि विभिन्न कारणले गणेश थापाले गायनलाई अघि बढाउन सकेनन्।उमेरले ६० पुग्दै गर्दा यिनै कलाकार यतीबेला भने गायकको रुपमा उत्रिएका हुन्।आफुले चाँडै नयाँ गीति सँग्रह ल्याउने पनि गायक थापाले बताएका छन्।

प्रतिक्रिया