अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीले भानु जयन्ती मनायो
अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीले भानु जयन्ती सदाका बर्षाहरुमा झैं यस बर्ष पनि भब्यताका साथ सम्पन्न गरेको छ।बिगत तीस बर्षदेखि यस सँस्थाले भानु जयन्ती अनबरत रुपमा मनाउदै आएको छ।उक्त कार्यक्रमको प्रमुख अतिथ्यता अनेसास बि• वो• टी• का सह-अध्यक्ष श्री पुरु सुबेदीज्यूले गर्नु भएको थियो भने सभाको अध्यक्षता अनेसास डि• सी• का अध्यक्ष श्री अरुण रुपाखेतीज्यूले गर्नु भएको थियो।
कार्यक्रममा गीत कबिता गजल मुक्तक जस्ता रचानाहरु वाचन गरिएका थिए। गत बर्ष कोरोना माहामारिका बिच मनाईएको महिला दिवसको कार्यक्रममा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै कार्यक्रमलाई सफल तुल्याउनु हुने सुजना ढकाल लगायत सबैको उपस्थित सम्पूर्णले मुक्त कन्ठले प्रसंशा गर्नु भयो।
स्मरणयोग्य कार्यहरुको समिक्षा गर्दै आगामी दिनहरुमा कार्यक्रमहरु चुस्त दुरुस्त र केही रचनात्मक बनाउन सबैले अझै प्रयास गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको कुरा सँस्थाका बरिष्ठ उपाधक्ष पुष्कर पन्तले जानकारी गराउनु भएको थियो।
औपचारिक कार्यक्रम समापन पश्चात सम्पूर्ण महानुभावहरुले नजिकै रहेको वाटर फ्रन्टमा गएर पारिवारिक बातावरणमा टिक टक सेल्फी लगायत सामाजिक सन्जालहरुको प्रयोग गरी मनोरन्जन लिनु भएको थियो।
अनेसास डि•सी• ले आगामी तीज तथा लक्ष्मी जयन्ती लगायत कार्यक्रमहरु के कसरी मनाउने भन्ने कुराको छिट्टै कार्यदिशा तय गर्ने छ।कार्यक्रमहरूलाई भब्य रुपमा सम्पन्न गर्दै आफ्नो सामाजीक सांस्कृतिक तथा साहित्यिक गतिबिधिलाईअझै प्रभावकारी रुपले अगाडी बनाईने छ।
अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटी नेपाली भाषा,साहित्य,कला तथा संस्कृति प्रेमीहरूको साझा चौतारी भएकोले सबै भाषा,साहित्य,कला तथा संस्कृति प्रेमीहरूलाई समेट्दै यो सँस्थालाई सवल सुदृढ र प्रभावकारी बनाउदै लगिनेछ ।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया