बिहीबार, साउन १४ २०७८
काठमाडौं १६:५२
वासिङटन डिसी 07:07

मेरिल्याण्डका एक व्यक्तिले गाडी गलत दिशामा कुदाउदा अर्को गाडी सँग ठोक्किदा मृत्यु

इनेप्लिज २०७८ साउन ४ गते ११:३० मा प्रकाशित

 

मेरिल्याण्डका एक व्यक्तिले गाडी गलत दिशामा कुदाउदा अर्को गाडी सँग ठोक्किदा उनको मृत्यु भएको छ । उक्त घटना फ्रेडेरिक काउन्टीमा भएको हो । उक्त दुर्घटनाबाट ५५ बर्षिय मानिसको आइतबार बिहान निधन भएको थियो ।

उनि गलत दिशा(रंग-वे)मा कुदाए पछि अर्को सवारी साधन आफ्नै दिशामा आई रहेको समयमा ठोक्किन पुग्दा ज्यान गएको हो । लि वार्नर नामकका ब्यक्तिको दुर्घटना करिव ४:४० मा ३४० राजमार्गको पश्चिमतर्फ को सेन्ट मार्क्स सडक छेउमा दुर्घटना भएको जनाईएको छ ।

अर्को गाडी चलाउने भर्जिनिया निवासी टायरा मारिया स्प्रिंगकलले आफ्नै दिशामा गाडी चलाई रहेकी थिइन् । उनलाई अस्पताल लागे पछि उनको मृत्यु भएको प्रह्ररिले जनाएको छ ।

उक्त राजमार्गलाई जेफर्सन नेसनल पाइक पनि भनिन्छ । दुर्घटनाको कारण ४ घण्टा बाटो बन्द गर्नु परेको थियो भनि डब्लुटिओपिले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया