सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:०२
वासिङटन डिसी 18:17

अमेरिकामा दुई हप्तामा कोरोना संक्रमण १४० प्रतिशत तथा मृत्यु दर ३३ प्रतिशत वृद्धि

इनेप्लिज २०७८ साउन ४ गते १०:३८ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ३१ हजार ७ सय ४५ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट २ सय ७३ जनाको मृत्यु भएको छ । गत आइतबार जुलाई १८ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १४० प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ८ हजार १ सय ८९ जनाको निधन भएको छ भने दुई हप्तामा ३३ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकामा ५ लाख ४५ हजार ८ सय ४२ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा १३ प्रतिशतले घटेको छ । हाल अमेरिकामा २२ हजार ६ सय २२ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ३४ प्रतिशतले वृद्धि भएको छ । अहिले बिहान सोमबार जुलाई १९ सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४१ लाख ९ हजार ३० रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४८.६ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५६ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६८.२ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५९.४ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा हाल सम्म २ करोड ९३ लाख ७६ हजार ५ सय ९० जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ७९.५ प्रतिशत र पूर्ण खोप ८९.१ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड १ लाख ६ सय ५ खोप आपूर्ति गरि सकिएको छ भने कम्तीमा एक खुराक खोप लगाउनेको संख्या ३३ करोड ७७ लाख ४० हजार ३ सय ५८ पुगेको छ ।

अमेरिकामा कोरोना बिरुद्ध खोप कम लगाउने राज्यहरुका केही भागहरु क्रसम अर्कन्सस,मिजौरी,फ्लोरोड़ा र नेभादा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरसको वृद्धि भएको न्यूयोर्क टाइम्सको तथ्यांकले देखाएको छ । उक्त राज्यमा खोप नलगाउनेहरु संक्रमित भएका छन् ।

प्रतिक्रिया