बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:२६
वासिङटन डिसी 08:41

मेरिल्याण्डमा सम्पन्न साथी कप २०२१ भकुण्डो प्रतियोगितामा बिएसि एफसी बिजयी

इनेप्लिज २०७८ साउन ४ गते ०:२० मा प्रकाशित

मेरिल्याण्डमा सम्पन्न साथी कप २०२१ भकुण्डो प्रतियोगितामा बिएसि एफसी बिजयी भएको छ ।

गत जुलाई ११ का दिन सम्पन्न समापन खेलमा बिएसि एफसीले ४-० गोलले एवरेस्ट फुटवल क्लवलाई हराउदै प्रथम भएको थियो ।

उक्त भकुण्डो प्रतियोगितामा ८ वटा खेल टोलीहरुले सहभागिता जनाएका थिए । गत जुलाई १० -११ दिन सम्म संचालन भएको उक्त प्रतियोगिता साथी बाल्टिमोरले आयोजना गरेको थियो ।

उक्त प्रतियोगितामा पासाडिना नेप्लिज फुटबल क्लब,,नेप्रिकन वारियर्स एफसी ,साथी बाल्टिमोर ,फार-वेस्टर्न एफसी ,तारादिब्बा एफसी,एवरेस्ट एफसी (एलिकट सिटी),पेरीहल एफसी तथा बिएसी एफसी भकुण्डो टोलीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिता नर्थवेस्ट रिजनल पार्क ,ओइङ्ग मिल्स मेरिल्याण्डमा आयोजना भएको थियो । उक्त साथी कप २०२१ भकुण्डो प्रतियोगितालाई नजिकबाट हेरेका र खेलमा रूची राख्ने समाज सेवी टेक लाल पाण्डेले अमेरिकामा पनि यो खेललाई प्रोत्साहन गर्ने र नेपाली खेलाडीलाई हौशला गर्ने उनले बताए ।

उनका तीनै छोराहरु भकुण्डो खेलाडी र खेल खेली रहेकोले खेल हेर्न मन पराउने र आफुले केही सहयोग गर्न पनि आनन्द आउने उनले बताए ।

नेपाली सेनामा कार्यरत पूर्व मेडिकल टेक्निसियन (चिकित्सा प्राविधिक)को रुपमा काम गर्ने उनि २०१० मा विविधता चिट्ठा परि परिवार सहित बाल्टिमोर आएका हुन् । उनले आफ्नो भकुण्डो टोली द्वितीय हुन् सकेकोमा गर्व गर्दै प्रथम हुने टोलीलाई बधाई यसै मार्फत दिन चाहेको बताए ।

प्रतिक्रिया