डिसीमा ६ बर्षिय बालिकालाई गोली हानी हत्या गर्ने संदिग्धको गाडीको सूचना दिनेलाई ६० हजार डलर पुरस्कार

इनेप्लिज २०७८ साउन ३ गते २२:३० मा प्रकाशित

डिसीमा ६ बर्षिय बालिकालाई गोली हानी हत्या गर्ने संदिग्धको गाडीको सूचना दिनेलाई ६० हजार डलर पुरस्कार प्रदान गरिने भएको छ । डिसी महानगरका प्रहरी प्रमुख रोबर्ट कन्टीले सिडान नामक सवारी साधनमा फरार रहेका संदिग्ध व्यक्ति तथा सवारी साधनको दर्ता संख्या फेला परेमा सहयोगको लागि अनुरोध गरेका छन ।

वाशिंगटन डिसीकि नगर प्रमुख म्युरिएल बाउजरले गत शनिबार पत्रकार सम्मेलन मार्फत समुदायले सहयोगको खाचो रहेको बताइन । गत शुक्रबार राती गाडी कुदाउदै गोली हान्दा ६ बर्षिय नाया कर्टनिको निधन भएको थियो ।

६ बर्षिय बालिका सहित अन्य ५ जना घाइते भएका थिए ।

हाम्रा बच्चाहरूलाई हिंसाबाट सुरक्षित गर्नको लागि प्रत्येक अवसरहरू छन् भन्ने कुरा सुनिश्चित गर्न हामीहरूको सामूहिक जिम्मेवारी रहेको छ। म तपाईहरुलाई निवेदन गर्दछु कि हामी सबै जुटौ  ,अब हामीलाई यस्तो चाहिएन । म दुखित छु ,ब्याकुल छु र थकित छु, ” कन्टीले भने ।

प्रहरीले उक्त घटनाको श्रब्य दृश्य सार्वजनिक गरेको थियो भने संदिग्धले चाँदी रंगको सिडान जातको गाडी प्रयोग गरेका थिए । उक्त घटना राती करिव ११ बजे कंग्रेस हाइट नामक मार्गमा भएको थियो भनि डब्लुटिओपि डटकमले समाचार लेखेको छ ।

प्रतिक्रिया