शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २२:४६
वासिङटन डिसी 13:01

डिसीको बेसबल रङ्गशाला बाहिर गोलीबारी हुँदा महिला सहित ४ जना घाइते ,कोलाहल र भागदौड

इनेप्लिज २०७८ साउन ३ गते ११:२८ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीको बेसबल रङ्गशाला बाहिर गोलीबारी हुँदा एक महिला सहित ४ जना घाइते भएका छन् । गोली चल्दा भागदौड हुँदा कोलाहल मच्चीएको थियो ।

प्रहरीका अनुसार डिसी स्थित नेसनल पार्कमा खेलाडी र प्रशंसक बीच धक्का मुक्का समेत भएको थियो ।

उक्त घटना खेल हुदाहुदै घटेको समाचार सिएनएनले लेखेको छ । उक्त घटना खेल मैदानमा नभई रंगशाला बाहिर भएको डिसी महानगर प्रहरीले जनाएका छन् ।

सिएनएनका पत्रकारले दिएको जानकारी अनुसार कैयौ गोलीको आवाज सुनिएको बताएका छन् । गत शनिबार जुलाई १७ का दिन वाशिंगटन राष्ट्रिय नेसनल्स तथा सान डिएगो पाड्रेस बीच खेल भै रहेको समयमा उक्त घटना घटेको हो ।

बन्दुकको आवाज सुने पछि प्रशंसक आफ्नो सिट(स्थान)छोडेर ज्यान बचाउन भागेका थिए । प्रहरीका अनुसार त्यसपछि ३ जना बाहेक अन्य कसैलाई खतरा नभएको जानकारी दिएका थिए ।

डिसी महानगरका कार्यकारी सहायक आशन बेनेडिक्टले पत्रकारलाई खेलको समयमा रंगशाला बाहिरपट्टि एउटा सडकमा दुई गाडीहरू “गोलीबारीमा” संलग्न रहेको बताए ।

प्रहरीले एउटा गाडी बरामद गरेको छ तर अर्को सवारी साधन फरार रहेको छ । घाइते हुनेलाई अस्पतालमा उपचार गराई रहेको प्रहरीले जनाएका छन् भने उनीहरु संग पनि सोधपुछ गरि रहेको बेनेडिक्टले जनाएका छन् ।

महिला प्रशंसकलाई गोली हानिएको थियो भने महिला छिटो निको हुने अपेक्षा गरिएको छ । प्रहरीका अनुसार कूल ४ जनालाई गोली हानिएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

 

प्रतिक्रिया