शुक्रबार, माघ १४ २०७८
काठमाडौं १४:२४
वासिङटन डिसी 03:39

न्यूयोर्कको क्विन्समा ५ बर्षिय बालकलाई अपहरणको प्रयास गर्ने मानिस पक्राउ ,बालक बालबाल बचे

इनेप्लिज २०७८ साउन ३ गते १०:४९ मा प्रकाशित

बिश्व कै सम्राट राज्य न्यूयोर्कको क्विन्स शहरमा एक ५ बर्षिय बालकलाई अपहरणको प्रयास गर्ने मानिसलाई पक्राउ गरिएको न्यूयोर्क प्रहरी बिभागले जनाएको छ । प्रहरीले सामाजिक संजाल मार्फत अपहरणको प्रयास गर्ने २४ बर्षिय व्यक्तिलाई पक्राउ गरि अभियोग लगाईएको छ ।

न्यूयोर्क प्रहरीले उक्त व्यक्तिले अपहरणको प्रयास गरेको श्रब्य दृश्य (भिडियो)मा देखिएको जनाएको छ । प्रहरीका अनुसार उक्त व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । उनलाई १७ बर्ष मुनीका बच्चालाई अपहरण गर्ने, खतरा लापरवाह र कार्य गरेको आरोप लगाइएको छ।

गत बिहिबार राती उक्त घटना भएको थियो भने प्रहरीले २ जनालाई खोजी गरि रहेको छ । अपहरणको प्रयास गरेको श्रब्य दृश्य (भिडियो)मा एक व्यक्तिले सानो बच्चालाई समातेको देखिएको छ ।

उक्त व्यक्तिले सिडान कार(सवारी साधन)लागि पछाडी राखेका थिए । त्यसै समयमा उनकी आमा डोलोरेस डाएज लोपेजले कुदेर यात्री बस्ने पछाडी पुगी अगाडी बस्ने पुरुषसंग भिडन्त गरिन ।

र ,अन्तत्वगत्वा उनले आफ्नो छोरालाई अपहरण हुन् बाट बचाई गाडीको झ्यालबाट तानेर बचाइन भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया