१० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा अक्टोबर २३–२५ मा आयोजना गरिने

इनेप्लिज २०७८ साउन २ गते १९:२९ मा प्रकाशित

गैरआवासीय नेपाली संघको मिति १७ जुलाई २०२१ दिन सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले निम्नानुसारको निर्णय गरेको छ।
o आगामी अक्टोबर २३–२५ मा १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आयोजना गर्ने निर्णय भएको छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिनेछ ।
o अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको छ । यसका साथै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ ।
o निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय भएको छ ।
o गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको छ ।
o बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट पारित गरेको छ ।

डिबी क्षेत्री
प्रवक्ता, गैरआवासीय नेपाली संघ
१७, जुलाई २०२१

प्रतिक्रिया