आउँदो तिन महिना भित्रै प्रदेशको खेलकुद ऐन तत्काल कार्यबिधि ल्याउने – खेलकुद मन्त्री सिंह

इनेप्लिज २०७८ साउन २ गते १५:४२ मा प्रकाशित

देश सरकार, प्रदेश नं २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहले प्रदेश खेलकुद ऐन आफनो पहिलो प्राथमिकता रहेको बताउदै अबको तीन महिना भित्रमा ऐन ल्याएर खेलकुदको काम तिब्र पार्ने बताएका छन् ।

बाराको निजगढमा आयोजित नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं. २ को कार्यालय उद्धघाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले सो कुरा बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री सिंहले प्रदेश सरकारमा खेलकुदको अबस्था सुन्यमा जस्तै रहेको बताउदै आफू आएपछि ऐन बनाएर काम गर्न ढिला हुने भएकोले शुरुमा कार्यबिधि ल्याएर काम अघि बनाउन लागेको समेत उनले बताए । मन्त्री सिंहले बिभिन्न खेलको प्रदेश स्तरीय टिम बनाई प्रशिक्षण गराउने, बिद्यालय स्तरबाटै खेलकुद प्रशिक्षण शुरु गराउन यही बर्ष आठ जिल्लाका १६ बिद्यालयमा नमुनाका रुपमा शुरु गर्ने समेत बताए । उहाँले यस बर्ष प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता गराउन प्रयत्नशिल रहने र सम्पुर्ण खेल सामग्री आठै जिल्लामा पुराउने समेत बताएकाछन् । हरेक जिल्लामा कवर्डहल निर्माण आफनो प्राथमिकतामा रहेको समेत बताएका छन् ।

तेक्वान्दो समिति र निजगढले गरेको सम्मानले काममा उर्जा थप्ने समेत उनले बताए । नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नंं. २ का अध्यक्ष पेमासिद्धि लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख एवम कार्यक्रमका बिशिष्ट अतिथि सुरेश कुमार खनालले तेक्वान्दो खेलको माध्यमबाट प्रदेश र जिल्लाको नाम उच्च राख्न सफल भएको बताएका छन् । नगरप्रमुख खनालले शहिद हिरालाल रंगशाला निर्माणमा सहयोग पुराउन अनुरोध गर्दै तेक्वान्दो खेलको विकासमा समेत सहयोग गर्दै आएको बताएका छन् ।

कार्यक्रममा अर्का विशिष्ट अतिथि नगरपालिकाका नगर उपप्रमुख लिलादेवी लामिछाने खनालले स्वस्थ्य रहन खेलकुद धेरै महत्व रहेको बताउदै नगरपालिकाले पनि खेल क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरी रहेको बताउए । कार्यक्रमका अतिथि नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतमले प्रदेश नं. २ तेक्वान्दो खेलको अन्तराष्ट्रिय खेलाडी रहेको र धेरैले पदक समेत ल्याएको बताएका छन्। खेल र खेलाडीहरुको बिकासमा प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राख्न नसकेको बताउदै १२ स्थानीय सरकारको पिलर मध्ये खेल पनि एक रहेकाले खेलाडिहरुको क्षमता अभिबृदीका लागि प्रतियोगिता र सम्मान आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष टेक बहादुर लामाले हरेक प्रतियोगितामा सहयोग गर्दै आएको र आउने दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । कार्यक्रममा निजगढ क्षेत्रका पार्टी प्रमुख, पुर्व सदस्य सचिब युवराज लामा, निजगढ कवर्डहल संरक्षण समितिका अध्यक्ष मिना लामा, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्र बहादुर लामा , सर्लाहीका अध्यक्ष बद्री बहादुर सापकामेटा, महोत्तरीका अध्यक्ष प्रमोद ठाकुर, धनुषाका अध्यक्ष तिलक लामा, लगायत आठै जिल्लाका अध्यक्ष एवम प्रतिनिधिको उपस्थिति रहेको थियो ।

संघ बाराका सचिब लोक बहादुर खुलालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं। २ का महासचिब राजकुमार लामाले स्वागत गर्नु भएको थियो । कार्यक्रममा सिनियर प्रशिक्षक बिजय शाह ठकुरी, हेमलाल श्रेष्ठ, जितसिह लामा, राजकुमार बछार लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं. २ का अध्यक्ष पेमासिद्धि लामाले प्रदेश सरकार, प्रदेश नं २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहलाई सम्मान समेत गरिएको थियो । मन्त्री सिहले नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं। २ को कार्यालयको रिवन काटी उद्धघाटन समेत गर्नु भएको थियो ।

प्रतिक्रिया