शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:५३
वासिङटन डिसी 01:08

मिजौरीमा डुङ्गा डुब्दा १७ जनाको मृत्यु भएकोमा ३ जना कर्मचारीलाई मानव हत्या गरेको अभियोग

इनेप्लिज २०७८ साउन २ गते १३:२५ मा प्रकाशित

अमेरिकको मिजौरी राज्यमा डुंगा (डक बोट )डुब्दा १७ जनाको मृत्यु भएकोमा ३ जना कर्मचारीलाई मानव हत्या गरेको अभियोग लगाईएको छ ।

गत शुक्रबार मिजौरीको महा न्यायाधीवक्ताको कार्यालयले सन् २०१८ मा उनीहरु डुंगा डुब्दा १७ जनाको ज्यान गएकोले उनीहरु बिरुद्ध मानव हत्या गरेको आरोप लागेको छ ।

उक्त डुङ्गाका कप्तान केनेथ स्कट म्याकईलाई १७ वटा गणनाको पहिलो प्रथम श्रेणीको अनैच्छिक हत्याकाण्डको १७ गणना र बच्चाको कल्याणलाई जोखिममा पार्ने १२ गणनामा अभियोग लगाइएको छ ।

त्यसै गरि महा प्रवन्धक र सुपरिवेक्षक चार्ल्स बाल्टजेल तथा कुर्टिस ल्यानहम दुवैलाई १७ वटा प्रथम श्रेणीको अनैच्छिक हत्याकाण्डको अभियोग लगाईएको छ ।
उक्त व्यक्तिलाई त्यस्तै संघीय अभियोग लागेको थियो भने सन् २०२० मा न्यायधिशले उक्त मुद्धा खारेजी गरि दिएका थिए ।

सन् २०१८ को जुलाई २० मा समुन्द्री हावा हुण्डरी आउदा उक्त डुंगा पल्टिएको थियो भनि युपिआईले समाचार लेखेको छ ।

प्रतिक्रिया