पोखरा महानगरपालिकाका मेयरलाई मौसम खुलेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डाैं लगियाे

इनेप्लिज २०७८ साउन २ गते ११:११ मा प्रकाशित

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिलाई ह्रदयाघात भएको छ।

ह्रदयाघातकाकारण अचानक बिरामी भई उनको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको थियो भने थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ न्यूरो लगिएको पोखरा महानागरपालिकका मेयरका प्रेस संयोजक माधब बरालले जानकारी दिएका छन।

पोखराको मौसम खुल्दै गएपछि र काठमाडौको मौसम पनि हल्का खुलेका कारण मेयर जिसिलाई काठमाडौ लगिएको छ।

मेयर जिसी अहिले पनि सामान्य बोलचाल गर्न सक्ने अबस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन। अद्यापि ह्रदयाघातका कारण एक नशा ब्लक भएको देखिएकोले थप उपचारको लागि काठमाडौस्थित न्यूरो अस्पताल लगिएको छ ।

प्रतिक्रिया